अविश्वासको प्रस्तावमा माधव पक्षबाट ‘फ्लोर क्रस’ हुने सम्भावनाबारे छलफल

कर्णाली जस्तो परिस्थिति आउन दिँदैनौँ : प्रदीप ज्ञवाली

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीले आकस्मिक रूपमा बोलाएको महाधिवेशन आयोजक कमिटीको बैठकमा नेता माधवकुमार नेपाल पक्षबाट फ्लोर क्रस हुने सम्भावनाबारे छलफल भएको छ ।

बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले अविश्वासको पार्टीबाटै फ्लोर क्रस हुनेबारे छलफल भएको बताए । ‘प्रतिपक्षीबाट अविश्वासको प्रस्ताव आउनु सामान्य हो । तर, पार्टीभित्रबाटै कर्णाली प्रदेशमा जस्तै फ्लोर क्रस हुने सूचना आइरहेको छ ।


त्यसबारे आवश्यक छलफल भइरहेको छ’ उनले भने, ‘स्पष्टीकरण बुझाएका संसदहरूबारे स्थायी कमिटीले आवश्यक प्रस्ताव तयार गरिरहेको छ । तर, बैठकले कारबाहीसम्बन्धी कुनै निर्णय लिएको छैन ।’

सरकारविरुद्ध अविश्वास प्रस्ताव आउन सक्नेदेखि कर्णालीमा जस्तै परिस्थिति दोहोरिन सक्ने सम्भावनाबारे गम्भीर रूपमा छलफल भइरहेको समेत प्रष्टाए । कर्णाली जस्तो परिस्थिति आउन नदिन आवश्यक सबै कदम चाल्नेसमेत उनले बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार