उज्यालो नेटवर्क अनलाइनका कार्यकारी सम्पादक तामाङ प्रहरी फन्दामा 

उज्यालो नेटवर्क अनलाइनका कार्यकारी सम्पादक अनिस तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।  महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ पूर्जी जारी गर्दै तामाङलाई आइतबार कार्यालयबाटै पक्राउ गरेको हो ।

विद्युतीय कारोबार ऐन र राज्यविरूद्ध कसुरसम्बन्धी मुद्दामा तामाङलाई पक्राउ गरेको पक्राउ पूर्जीमा उल्लेख छ । काठमाडौं जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी गरी प्रहरीले तामाङलाई अनामनगरस्थित कार्यालयबाट पक्राउ गरेको हो।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले तामाङलाई अनलाइनको कार्यालय बाहिरबाट पक्राउ गरेको बताए ।

 

उक्त अनलाइनले केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रअ प्रमुख सामन्तकुमार गोयलबीच सम्झौता भएको भन्दै समाचार छापेको थियो। उक्त समाचार पुष्टि नभएपछि उक्त अनलाइनले क्षमासमेत मागेको थियो।

तामाङलाई पक्राउ गर्दा पत्रकारहरूले नाराबाजी गरेका थिए । यसअघि पाटन उच्च अदालत समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ नगर्न प्रहरीका नाममा आदेश दिएको थियो।

तपाईको प्रतिक्रिया