कोभिड महामारी : वर्षदिनमै खुले २६ स्यानिटाइजर उद्योग

काठमाडौं । आजभन्दा करिब १४ महिना अघि कोभिड १९ को पहिलो लहरले विश्वलाई आक्रान्त बनाउँदै थियो । कोराना संक्रमणको महामारीबाट जोगिन के गर्ने र कसो गर्ने भन्ने अन्यौल थियो । यसबाट बच्ने कयौं उपायबारे चर्चा र बहस सुरु भए ।

प्रारम्भिक रूपमा कोभिडबाट बच्न विश्व स्वास्थ्य संगठनले सुरक्षाको न्युनतम् मापदण्ड जारी गर्‍यो । ती उपायहरूमध्ये एक थियो ‘गुणस्तरीय ह्याण्ड स्यानिटाइजर’ को प्रयोग ।

चौतर्फी कोरोनाका बारेका चिन्ता प्रकट हुँदै गर्दा नेपालले पनि सतर्कताका उपायहरू अपनाउँदै थियो । बजारमा स्यानिटाइजरको कालोबजारी सुरु भयो ।

ठीक त्यही बेला सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेडले स्यानिटाइजरको व्यवसायिक उत्पादन सुरु गर्‍यो । यसअघि अनुभव नै नभएको कम्पनीले पहिलोपटक २०७७ चैत २ गते एक सय एमएलको बोत्तल र खुल्ला रुपमा जर्किनमा किन्न सकिने गरी स्यानिटाइजर बजारमा ल्यायो ।

उत्पादन प्रक्रिया धेरै कठिन नभएको र बजारको मागलाई पनि सम्बोधन हुने भएपछि कम्पनी अघि बढेको लिमिटेडका सूचना अधिकारी टिकाराम अर्याल बताउँछन् ।

तपाईको प्रतिक्रिया