धरहरा चढ्दा आइफल टावर चढेको झल्को आयो : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा चढ्दा आफूलाई आइफल टावर चढेको झल्को आएको बताएका छन् ।

शनिबार नवनिर्मित धरहरा उद्घाटनका क्रममा २० औं तल्ला पुगेर राजधानी अवलोकनको क्रममा उक्त झल्को आएको ओलीले बताएका हुन् ।

प्रधानमन्त्री ओलीले २० औं तल्लामा वेगका साथ हावा चलेको समेत जानकारी गराए। ‘माथि धेरै बेगका साथ हावा चलेको छ ।


मैले चारैतिर हेरेँ, यहाँ हावा कम चलेपनि त्यहाँ माथि मजाको आनन्दको हावा चल्दो रैछ, मलाई आइफल टावर चलेको झल्को आयो ।

त्यहाँ पनि हावा चल्छ,’ उनले भने । प्रधानमन्त्री ओलीले देशमा विकास भएको धरहराबाट हेर्न सकिने बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार