त्रिकोणात्मक सिरिज : तथ्यमा नेपालको प्रदर्शन

काठमाडौं । कीर्तिपुरस्थित टियु अन्तराष्ट्रिय क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी–ट्वान्टी सिरिजमा नेपाली खेलाडीले सुधारिएको खेल प्रस्तुत गरे । सिरिजमा केही नेपाली खेलाडीले टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा कीर्तिमान बनाए भने केहीले उत्कृष्ट प्रदर्शन गरे ।

सिरिजका चार खेल खेलेको नेपाल तीन खेलमा जित र एक खेलमा हार व्यहोर्न पुग्यो । तर, सिरिज भर नेपालको प्रदर्शन भने सम्झना योग्य नै रह्यो । धेरै खेलाडीले सिरिजमा सम्झन लायक प्रदर्शन गरे ।

टी–ट्वान्टी अन्तर्राष्ट्रियका २५ खेल मध्येमा २१ इनिङ्स खेलेका उपकप्तान दिपेन्द्र सिंह ऐरीले आफ्नो पहिलो टी–ट्वान्टी अन्तर्राष्ट्रिय अर्धशतक पूरा गरे । उनले नेदरल्यान्ड्सविरुद्धको खेलमा आफ्नो टी–ट्वान्टी अन्तर्राष्ट्रिय करियरको पहिलो अर्धशतक पूरा गरेका थिए ।

नेदरल्यान्ड्सविरुद्ध चौथो नम्बरमा ब्याटिङ गर्न आएका ऐरीले ६० रनको अर्धशतकीय इनिङ्स खेलेका थिए । उनले ३० बलमा ३ चौका र ५ छक्का सहित अर्धशतक बनाएका हुन् ।

 

कुशलको कीर्तिमान –

नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलले विश्व कीर्तिमान बनाए । उनले टी–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा दुर्लभ कीर्तिमान बनाएका हुन् ।

नेदरल्यान्ड्सविरुद्ध टी–ट्वान्टी अन्तर्राष्ट्रियमा डेब्यु गरेका कुशलले डेब्यसँगै लगातार तीन अर्धशतक बनाए । उनी टी–ट्वान्टी अन्तर्राष्ट्रियमा डेब्युपछि लगातार तीन अर्धशतक बनाउने विश्वकै पहिलो खेलाडी बने ।

कुशलले नेदरल्यान्ड्सविरुद्धको पहिलो तथा डेब्यु खेलमा ६२ रन बनाएका थिए । उनले ४६ बलको सामना गर्दै समान ५ चौका र छक्काको मद्दतमा ६२ रन जोडेका थिए ।

त्यसपछि मलेसियासँगको आफ्नो दोस्रो खेलमा पनि उनले अर्धशतक बनाएका थिए । उनले ४२ बलमा ३ चौका र ५ छक्का प्रहार गर्दै ६१ रनको अविजित इनिङ्स खेलेका थिए ।

तपाईको प्रतिक्रिया