जर्मनीमा नेपाली युवा विक्रम शर्माको निधन, बिहीबार अन्त्येष्टि

जर्मनी । जर्मनीको ह्यामवर्गमा निधन भएका नेपाली युवक विक्रम शर्मा ज्ञवालीको बिहीबार दाहसंस्कार गरिने भएको छ ।

एक नेपाली रेष्टुरेन्टमा कुकको रुपमा काम गर्ने शर्माको अप्रील ११ गते आफ्नै फ्ल्याटमा निधन भएको हो। चिकित्सकहरुका अनुसार शर्मालाई हृदयघात भएको थियो ।

४१ बर्षिय शर्मा दुई वर्ष पहिले परिवारसहित इटालीबाट जर्मनी आएका थिए ।

आफन्त रमा लामिछानेका अनुसार, काम सकेर घर आएपछि फुटबल म्याच हेरेर सुतेका उनी भोलिपल्ट विहानै ओछ्यानमै अचेत अवस्थामा फेला परेपछि तत्काल चिकित्सकको टोली आएर परिक्षण गर्दा मृत्यु भैसकेको बताएका थिए ।


प्रहरी र चिकित्सकको टोलीले शव परिक्षण गर्दा पोष्टमार्टम गर्नुनपर्ने र मृत्यूको कारण हृदयघात नै भएको बताएका छन् ।

नेपालस्थित रुपन्देहीको वुटवल घर भएका शर्माका आमा, ३६ बर्षिय श्रीमती र अठार वर्षीय एक छोरा छन् ।

नेपालबाट आमाले जर्मनीमै दाहसंस्कार गर्न अनुमति दिएकाले हिन्दु परम्परा अनुसार २२ अप्रील बिहीबार उनको अन्त्येष्टि गरिने परिवारजनले जनाएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार