काेराेना संक्रमित भएका पूर्व राजारानी अस्पताल भर्ना

काठमाडौं । कोरोना संक्रमित भएको पूर्व राजा र रानीलाई अस्पताल भर्ना गरिएको छ । पूर्वराजा ज्ञानेन्द्र शाह र रानी कोमल राज्यलक्ष्मी शाहलाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो ।

नर्भिक स्रोतका अनुसार निर्मल निवासमै होम आइसोलेसनमा बसेका राजारानीलाई स्वास्थ्यमा थप समस्या भएपछि दिउसो १ बजे नर्भिक ल्याइएको थियो। अहिले स्वास्थ्य अवस्था सामान्य रहेको स्रोतको भनाइ छ ।

भारतको हरिद्धारमा सम्पन्न कुम्भमेलामा सहभागी भएर फर्किएका पूर्व राजा दम्पत्तीलाई फर्किए लगत्तै कोरोना संक्रमण पुष्टि भएको हो ।

तपाईको प्रतिक्रिया