सत्ता हत्याएपछि म्यानमारका सैनिक प्रमुख पहिलो विदेश भ्रमणमा जाँदै

एजेन्सी । जननिर्वाचित सरकारलाई हटाएर सरकार नियन्त्रणमा लिएका म्यानमारका सैनिक प्रमुख पहिलो पटक अन्तर्राष्ट्रिय भ्रमणमा निस्कँदै छन् ।

गत फेब्रुवरी १ मा ‘कु’मार्फत सत्ता हत्याएका सेना प्रमुख मिन आङ दक्षिण पूर्वी एसियाली क्षेत्रीय संगठन (आसियन)को शिखर सम्मेलनमा भाग लिन इन्डोनेसियाको राजधानी जाकार्ता जान लागेका हुन्।

नेतृ आन साङ सूकीसहित उनका पार्टीका शीर्ष नेताहरूलाई म्यानमारको सेनाले अहिलेसम्म हिरासतमै राखेको छ। उनीहरूको रिहाइको माग गर्दै भएका प्रदर्शनमा हालसम्म ७०० भन्दा बढी सर्वसाधारण मारिएका छन् ।


पछिल्लो समय सुरक्षाकर्मीले प्रदर्शनकारीमाथि अत्यधिक बल प्रयोग गर्न थालेपछि अन्तर्राष्ट्रिय जगतबाट म्यानमारको सेनाको आलोचना बढ्दै गएको छ। यही समयमा सैन्य प्रमुख जाकार्ता भ्रमणमा जान लागेका हुन्। सेना प्रमुख मिनले सम्मेलनमा जानेबारे भने केही नबताएको अन्तर्राष्ट्रिय समाचार माध्यमहरूले बताएका छन् ।

१० वटा दक्षिण पूर्वी देश रहेको यो संगठनका अधिकांश देशले म्यानमार सेनाको विरोध गर्दै आएका छन्। ती देशहरूले सेनालाई तत्काल जननिर्वाचित सरकारको पुनर्वहाली गर्न माग गर्दै आएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार