नेपाललाई घरेलु मैदानमा पहिलो ‘टी-२० उपाधि’ उचाल्ने अवसर

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजको फाइनलमा आज घरेलु टोली नेपाल र नेदरल्याण्ड्स खेल्दै छन् ।  यी दुई देशबीचको खेल दिउँसो सवा १ बजेदेखि त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।

नेपाल शीर्ष स्थानमा रहँदै फाइनल पुगेको हो। नेदरल्याण्ड्स दोस्रो स्थानमा रहेर फाइनमा नेपालसँगको भेट पक्का गरेको हो । दुवै टोली उत्कृष्ट लयमा रहेका छन्। जारी सिरिजमा दुवै टोलीबीच दुई खेल भए। जसमा दुवै टोलीले समान एक–एक म्याच जिका छन् ।

पहिलो खेलमा नेदरल्याड्स र दोस्रो खेलमा मलेसियालाई ९ विकेटले हराएको नेपालले नेदरल्याड्ससँगको दोस्रो खेलमा ३ विकेटको हार व्यहोरेको थियो। नेपाल दोस्रो खेलमा व्यहोरेको हारको बदला नेदरल्याड्ससँग अब फाइनलमा लिने सोचमा छ ।

नेपालको परम्परागत टाउको दुखाइ ब्याटिङ हो। तर, यस सिरिजमा नेपालले उत्कृष्ट ब्याटिङ गरिरहेको छ। नेपालले खेलेका लिग चरणका ४ वटै म्याचमा शानदार ब्याटिङ गरेको छ। यसअघि सम्भवतः कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली ब्याट्सम्यानले यसरी खुलेर खेलेका थिएनन् ।

नेदरल्यान्ड्ससँगको दोस्रो म्याचमा २ सय ६ रन बनाएको नेपालले मलेसियाविरुद्ध पनि २ सय १७ रन बनाएको थियो। नेपालले यो प्रतियोगिताअघि एउटा टी–२० म्याचमा मात्रै दुई सयको आँकडा पार गरेको थियो। यसअघि कमजोर टोली भुटानविरुद्ध नेपालले दुई ३६ रन बनाएको थियो ।

तर, यही प्रतियोगितामा नेपालले दुई पटक २ सय रनको आँकडा पार गरेको छ। कुनै पनि स्तरको टी–२० क्रिकेटमा २ सयभन्दा माथिको स्कोरलाई ‘विशाल’ मानिन्छ। सामान्यतया एक सय ५० स्कोर बनाउन पनि धौधौ हुने नेपालले लगातार दुई सय रन कटाउनु ब्याटिङ सुधारिएको मान्न सकिन्छ ।

प्रतियोगिताको समूह चरणका चार खेलसम्म कुशल भुर्तेल सर्वाधिक धैरै रन बनाउने खेलाडीको शीर्ष स्थानमा छन्। उनले ४ खेलको ४ इनिङमा ओपनिङ गर्दै ६७ को औसतमा २०१ रन बनाएका छन्।

जहाँ उनले लगातार तीन अर्धशतकको विश्व रेकर्ड बनाउँदा कुल १६ चौका र १३ छक्का प्रहार गरे। प्रतियोगितामा दोस्रो सर्वाधिक रन नेदरल्याण्ड्सका ओपनर म्याक्स ओडोउडको नाममा छ। उनले कुल १५२ रन बनाउँदा सर्वाधिक १३३ रनको इनिङ खेलेका थिए। सर्वाधिक रन बनाउने खेलाडीको तेस्रो नम्बरमा नेपालकै आसिफ शेखको नाममा छ। उनले पनि १३८ रन बनाइसकेका छन्।

चार खेलको समाप्तिमा बलिङतर्फ नेपालका सन्दीप लामिछाने नै शीर्ष स्थानमा छ। उनले ८ दशमलव ६५ को इकोनोमीमा ११ विकेट हात पारे। दोस्रो नम्बरमा नेपालकै सोमपाल कामी छन्। उनले ५ विकेट लिएका छन्। तेस्रो स्थानमा रहेका नेदरल्याण्ड्सका सेबस्टियान ब्राटले २ खेलमा ४ विकेट लिएका छन्।​ नेदरल्याण्ड्स बलियो विपक्षी हो। त्यसैले यी दुई देशबीचको फाइनल म्याच निकै रोमाञ्चक हुने अनुमान गरिएको छ।

समूह चरणको पहिलो खेलमा जितेको नेपालविरुद्ध दोस्रो खेलमा नेदरल्याण्ड्सले आक्रामक इनिङ खेल्दै जित हात पारेको थियो। यसले पनि नेदरल्याण्ड्सको मनोबल उच्च छ। जसले पनि फाइनलमा नेदरल्याण्ड्स बलियो हुन सक्ने अनुमान गर्न सकिन्छ।

त्रिविको पिचले ब्याटिङमा मद्दत गरिरहेको छ। यदि यही स्वभाव देखाइरह्यो भने ‘हाइस्कोरिङ’ फाइनल हुने आँकलन गरिएको छ । हेड टू हडे हेर्दा नेपाल नेदरल्याण्ड्सभन्दा बलियो देखिएको छ। पछिल्ला पाँच म्याचमा तीन खेलमा नेपाल विजयी भएको छ। एक खेल नतिजाविहीन भएको थियो ।

शनिबार नेपाललाई घरेलु मैदानमा पहिलो पटक त्रिकोणात्मक टी–२० सिरिज जित्ने अवसर छ। सन् २०१९ मा नेपाल भएको साग गेम्समा पनि टी–२० फर्म्याटमा प्रतिस्पर्धा भएको थियो। त्यसैले सो सिरिज नेपालले घरेलु मैदानमा खेलेको पहिलो टी–२० सिरिज हो। त्यतिबेला साग गेम्सको उपाधि बंगालदेशको यु–२३ टिमले जितेको थियो।

नेपालले सन् २०१९ पहिलो पटक टी–२० सिरिज जितेको थियो। घरेलु टिम युएईविरुद्धको तीन खेलको सिरिज नेपालले २–१ ले जितेको थियो । नेपालको फाइनलमा एक खेलाडी परिवर्तन गर्ने सम्भावना रहेको छ। नेपालले कमलसिंह ऐरीको स्थानमा डेथ ओभर स्पेसलिस्ट’ अविनाश बोहरालाई खेलाउन सक्छ। कमलले डेब्यूमा उत्कृष्ट प्रदर्शन गरे पनि फाइनलमा उनले मौका पाउने सम्भावना कम छ।

नेपालको सम्भावित प्लेइङ–११

कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल ९कप्तान०, दिपेन्द्रसिंह ऐरी, कुशल मल्ल, विनोद भण्डारी ९विकेटकीपर०, करण केसी, सन्दीप लामिछाने, सोमपाल कामी, सुशन भारी र अविनाश बोहरा।

तपाईको प्रतिक्रिया