यात्रु बाेकेको अटोमा आगो दन्कियो

सल्यान । सल्यानको सल्लिवजार देखि नाथेखोलातिर जादै गरेको अटोमा एकासी आगो लागेको छ ।

सल्लिवजारबाट त्रिवेणिवजार जाँदै गर्दा भे १घ १५६२ नं को अटो गन्तव्यमा जान नपाउदै आगो दन्किएकाे हाे ।

एकासी अटो भित्रको इन्जिनबाट धुवाको मुस्लो निस्के पछि अटो भित्रका ४ जना प्यासेन्जरले हाम फालेका थिए । गन्तव्यमा नपुग्दै झालेपहर नजिकै अटोमा आगो दन्कियो प्रहरीले जनाएकाे  छ ।

अटो चलाइ परिवार पालेका थिए आज तेहि अटो जले पछि सल्लिवजार निवासी कुलवहादुर राना चिन्तित बनेका छन् । विहान वेलुकाको छाक टार्ने अटो जले पछि राना निकै मर्माहत वनेका छन् ।

त्यो पनि वित्तीय संस्थाबाट कारेको ऋणले उनले अटो किन्नेका थिए । चल्दै गरेको अटोमा इन्जिनको खराबीले अटोमा आगो लागेको हुन सक्ने प्रहरीको अनुमान छ ।

तपाईको प्रतिक्रिया