राष्ट्रिय लघु उधमी महासघ कर्णालीको अध्यक्षमा : हरिकला

सुर्खेत । राष्ट्रिय लघु उधमी महासघ कर्णाली प्रदेश समितिको अध्यक्षमा हरिकला रानामगर चयन भएकी छन् ।

शुक्रबार सम्पन्न साधारणसभाले रानाको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा धनसिङ खत्री, महासचिव गिता सिहं ठकुरी, सचिव सरिता रावल, कोषाध्यक्ष रितादेवि न्यौपाने, चयन भएका छन् ।

यस्तै सदस्य हरुमा टिकादेवि जैशी, रामवहादुर गुरुङ, पदमवहादुर हिताङ लगायत छन् । लघु उधमी स्तरउन्नति गर्नका लागि महासघले काम गर्ने नवनिर्वाचित अध्यक्ष हरिकला रानाले बताइन् । यसै विच नवनिर्वाचित कार्यसमिति लाइ उधोग ,पर्यटन वन तथा वातावरण मन्त्रालयले सम्मान गरेकोछ ।

तपाईको प्रतिक्रिया