भारतमा कोरोना संक्रमण भयावह‚ दिल्लीको खुला ठाउँमा शव जलाइँदै

एजेन्सी । पछिल्लो २४ घण्टामा भारतमा अहिलेसम्मकै धेरै ३ लाख ३२ हजार ७३० जनामा संक्रमण पुष्टि भएको छ । त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधिमा २ हजार २६३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

भारतमा अहिलेसम्म १ करोड ६२ लाख ६३ हजार ६९५ जनामा कोरोना संक्रमण भएको छ । अहिलेसम्म १ लाख ८६ हजार ९२० जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीव्र रूपमा बढेसँगै संघीय राजधानी रहेको नयाँ दिल्लीको खुला ठाउँमा शव दहन गर्न थालिएको छ।

तपाईको प्रतिक्रिया