विश्वमा एकै दिन ८ लाख ७० हजारमा कोरोना संक्रमण‚ भारतमा मात्रै ३ लाख ३२ हजार

एजेन्सी ।  विश्वभर एकै दिन ८ लाख ७० हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन्। योसँगै कोरोना संक्रमितको कुल संख्या १४ करोड ५३ लाख नाघेको छ।

पछिल्लो २४ घण्टामा भारतमा अहिलेसम्मकै धेरै ३ लाख ३२ हजार ५०० जनामा संक्रमण पुष्टि भएको छ । अमेरिकामा ६५ हजार, टर्कीमा ५४ हजार ८००, ब्राजिलमा ४९ हजार ३००, फ्रान्समा ३४ हजार ३००, जर्मनीमा २९ हजार ४००, अर्जेन्टिनामा २७ हजार २००, इटलीमा १६ हजार २०० र स्पेनमा १० हजार ८०० नयाँ संक्रमित थपिएका छन्।

विश्वमा एकै दिन झण्डै १३ हजार जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन्। १२ हजार ९१४ जनाले पछिल्लो २४ घण्टामा ज्यान गुमाए हुन्। यससँगै कोरोनाले विश्वभर मृत्यु हुनेको संख्या ३० लाख ८३ हजार ९९३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा सबैभन्दा धेरै २ हजार २५६ जनाको मृत्यु भएको छ। त्यसैगरी ब्राजिलमा २ हजार ७०, अमेरिकामा ८६३, पोल्याण्डमा ६९४, अर्जेन्टिनामा ५३७, रसियामा ३९७, इटलीमा ३६०, टर्कीमा ३५४, जर्मनीमा ३११ र स्पेनमा १३२ जनाले ज्यान गुमाएका छन्। हाल विश्वभर १ करोड ८६ लाख ५१ हजार सक्रिय संक्रमित रहेका छन् भने १२ करोड ३५ लाख ६७ हजार जना संक्रमणमुक्त भइसकेका छन् ।

तपाईको प्रतिक्रिया