छुइगोठमुक्त अभियानमा जुम्ली महिला

जुम्ला  ।  कुरीतिका रुपमा जगडिएर रहेको छुई(छाउपडी प्रथा) अन्त्य गर्न जुम्लाका महिला छुईगोठमुक्त अभियानमा जुटेका छन् । उनीहरुले पहिलो चरणमा छुइगोठदेखि घरको एक सुरक्षित कोठामा बस्नु पर्नेमा जोड दिएका हुन् ।

अहिले पनि छुई हुँदा महिलाले गाईबस्तुसंग बस्नु पर्ने बाध्यता छ । जसले स्वास्थ्यमा नकरात्मक प्रभाव देखिनाले समस्या हुने गरेको छ, जुम्ला रारागाउँकी गोइली बुढाले भनिन्,‘अब स्वास्थ्य अवस्थालाई दाउमा राखेर गोठमा बस्न सक्तैनौँ ।

घरको एक कोठा छुई भएको बेला बस्नको लागि तयारी गर्न परिवारलाई भनिराखेका छौँ । अब घरमै बस्छौँ । छुइगोठमुक्त अभियान सफल बनाउन कम्मर कसेर लागि परेका छौँ । जुम्लामा छुई हुँदा तीनदेखि ७ दिनसम्म बार्ने चलन छ । घरमा बस्दा देउता लाग्ने, चोटपटक लाग्ने, अशिनष्ट हुने जस्ता भ्रम फैलाइन्छ ।


त्यो भ्रम अहिले पनि छर्न खोजिदैँछ । उनले भनिन्,‘छुई एक नियमित प्रक्रिया हो । फल लाग्नको लागि फुलेको फूल जस्तै हो । महिलालाई अपहेलना गर्न गरिएको कुरीति हो । अब पनि गोठमा बस्नु अस्वीकार्य हुनेछ ।’

तत्कालिन प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले छुई प्रथा उन्मुलनका लागि महाअभियान थालिन् । अभियान नसकिँदै उनको सरुवा भएपछि छुइ प्रथा उन्मुलन महाअभियान अलपत्र अवस्थामा छ । गाउँमा गठन गरिएका द्रुत निश्क्रिय भएका छन् ।

अहिले गाउँमा महिलाले कमाण्ड लिन थालेका छन् । गाउँमा समूह गठन गर्ने र हरेक महिनाको एक दिन छुइ गोठमुक्त अभियानका बारेमा छलफल हुने गरेको छ । कहिले स्थानीय अगुवासंग भेट्ने, कहिले धामीझाँक्री त कहिले पुरुषसंगको छलफललाई घनिभुत बनाउँदै लगेका हुन् । छुइ प्रथा महिलालाई दबाउन गरिएको कार्य हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार