वामदेवले ओलीलाई भने : तपाईसँग आउन सक्दिनँ

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रस्ताव नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले अस्वीकार गरेका छन् ।

बिहीबार बेलुका भएको डिनर मिटिङमा प्रधानमन्त्री ओलीले गौतमलाई उपाध्यक्षको हैसियतले पार्टीको काममा फर्किन गरेको प्रस्ताव अस्वीकार गरेको गौतमका प्रेस सल्लाहकार विश्वमणि सुवेदीले सामाजिक सञ्जाल फेसबुकमार्फत जनाकारी दिएका छन् ।

उनले लेखेका छन्, ‘हिजो ९ गते क. केपीसँग बेलुकी ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा डिनर मिटिङ भयो। उहाँले पार्टी काममा आफूसँग फर्कन अनुरोध गर्नुभयो । मैले गत फागुन २८ गते तपाईले गर्नुभएको अवैधानिक बैठकका निर्णय फिर्ता लिन अनुरोध गरेँ ।


उहाँले ती निर्णय फिर्ता हुँदैनन् भन्नुभयो। त्यसो भए म तपाईंसँग आउन पनि सक्दिन भनेर जवाफ दिएँ। डिनर चल्दै थियो नमस्कार गरेर म बिदा भएँ ।’

केन्द्रीय कमिटीको बैठकको पूर्वसन्ध्यामा गौतम प्रधानमन्त्रीलाई भेट्न बिहीबार साँझ बालुवाटार पुगेका थिए । भेटमा एमालेका प्रमुख सचेतक विशाल भट्टराई, कानुनमन्त्री लीलानाथ श्रेष्ठ पनि सहभागी थिए। भट्टराईका अनुसार प्रधानमन्त्री र गौतमले एक्ला-एक्लै लामो छलफल गरेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार