टी-ट्वान्टी अन्तराष्ट्रियमा कमलको डेब्यु

काठमाडौं । मेडियम पेस बलर कमल सिंह ऐरीले टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेट डेब्यु गरेका छन् ।

त्रिकोणात्मक टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज अन्तर्गत अहिले जारी मलेसियाविरुद्धको खेलमा डेब्यु गरेका हुन् ।

कमलले यसअघि एकदिवसीय अन्तराष्ट्रियमा नेपाली राष्ट्रिय टोलीबाट डेब्यु गरिसकेका छन् ।

उनले घरेलु मैदान टियू अन्तराष्ट्रिय क्रिकेट मैदानमा भएको विश्वकप लिग-२ मा राष्ट्रिय टोलीबाट एकदिवसीयमा डेब्यु गरेका थिए ।

उनले ओमानविरुद्ध मैदान उत्रिदै एकदिवसीयमा डेब्यु गरेका थिए ।

उनले ओमानविरुद्ध डेब्यु एकदिवसीयमा ४ ओभर बलिङ गर्दै २९ रन खर्चेर विकेट विहिन भएका थिए ।

तपाईको प्रतिक्रिया