बाँकेमा कोरोना संक्रमित दुई महिलाको मृत्यु

बाँकेमा बिहीबार थप दुई कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १ बाँकेकी ६५ वर्षीया महिलाको बिहीबार दिउँसो मृत्यु भएको हो ।

नेपालगञ्ज मेडिकल कलेजमा वैशाख ७ गते पिसिआर परीक्षण गराएकी उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो  l वैशाख ८ गते भर्ना भएकी उनको बिहीबार मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिए ।

त्यसअघि नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १७ की ८६ वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको थियो । उनको बिहान २ बजेर १५ मिनेटमा मृत्यु भएको वलीले जानकारी दिए । योसँगै बाँकेमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६८ पुगेको छ ।

तपाईको प्रतिक्रिया