भारतमा भेटिएको कोरोना भेरियन्ट यसकारण खतरनाक !

नियन्त्रण र अनुसन्धानतर्फ दिल्लीले पर्याप्त काम गरेन : वैज्ञानिक

नेपालको दक्षिणी छिमेकी देश भारत यतिखेर कोरोना (कोभिड–१९) महामारीको दोस्रो लहरमा लपेटिएको छ। त्यहाँ भाइरसका विभिन्न भेरियन्ट भेटिएका छन् ।

भारतमा भेटिएको कोरोनाको नयाँ भेरियन्टले त्यहाँको स्थिति निकै भयावह बनाइरहेको छ। दैनिक ३ लाख संक्रमित थपिइरहेका छन् भने २४ घण्टाभित्र ३ हजार हाराहारीमा संक्रमितको ज्यान गइरहेको छ ।

कोरोना महामारीले विकराल रुप लिएपछि अमेरिका लगायत मुलुकले आफ्ना नागरिकलाई भारत यात्रा नगर्न ट्राभल एड्भाइजरी नै जारी गरेका छन्। भारतमा फैलिएको महामारीलाई गम्भीरतापूर्वक नियालिरहेको अमेरिकी अधिकारीहरूको भनाइ छ ।

यतिखेर विश्वभरका वैज्ञानिकहरू कोरोना महामारी अनुसन्धान गर्न भारत केन्द्रित भएका छन्। त्यहाँ फैलिएका कोरोनाका भेरियन्ट विश्वभर फैलिएको छ/छैन भन्नेबारे पत्ता लगाउने प्रयास भइरहेको छ ।

डबल म्यूटेन्ट भेरियन्ट (दोस्रो पटक उत्परिवर्तन भएर नयाँ स्वरुप ग्रहण गरेको भाइरस) का कारण संक्रमण बढेको एकीन गर्न भारतीय वैज्ञानिकहरू निरन्तर खोजमा लागेका छन् ।

सो डबल म्यूटेन्ट भेरियन्टलाई बी.१.६७ नामाकरण गरिएको छ। पछिल्लो समय संक्रमित भएका अधिकांशमा यो भेरियन्टको कोरोना पुष्टि भएको छ।

तपाईको प्रतिक्रिया