‘कति निष्ठुरी’ गीत सार्वजनिक

काठमाडौं : रचनाकार राजकुमार फुँयालको नयाँ सिर्जना ‘कति निष्ठुरी’ गीत सार्वजनिक भएको छ गायिका देवी ओलीको स्वर र विकाश चौधरीको संगीत रहेको गीतलाई साया क्रियसनको अफिसियल युट्युब च्यानलबाट बुधबार साँझ सार्वजनिक गरिएको हो।

गीतको भिडियोमा अभिनयमा ख्याती कमाएकी लोकप्रिय कलाकार रोशनी कार्की, सन्दीप श्रेष्ठ र बालकलाकार जेनिश अधिकारीको अभिनय रहेको छ।


लाखौँ युवाहरु वैदेशिक रोजगारीमा हुँदा नेपाली समाजमा अहिले परेको असरलाई देखाउन खोजिएको भिडियोमा आवेश बज्राचार्यको सिनेमाटोग्राफी, माधव बेलबासेको सम्पादन र लोकप्रिय युवा निर्देशक प्रहिल कार्कीको निर्देशन रहेको छ। सार्वजनिक भएको गीतलाई दर्शकको राम्रो प्रतिक्रिया आएको छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार