मेलम्चीको पानी भन्दाभन्दै विचरा भट्टराइ बाको सरकारलाई गिर्जाबाले आर्यघाट पु¥याए

मेलम्चीको पानी भन्दाभन्दै विचरा भट्टराइ बाको सरकारलाई गिर्जाबाले आर्यघाट पु¥याए । अहिले हाम्ले नि भेरीको पानी पानीभनेर जपिरा छम् ।

यहीबेलाँ खानेपानीका मणिको जागिर सिध्याउन एउटा समूह पाखुरा खिचेर लाग्याछ भन्छन् । त्यसैले मलाइ त कहिलेकाही यस्तो लाग्छ जसरी राजधानीका जनताले जसरी बल्लबल्ल ३० बर्षाँ मेलम्चीको पानी खान पाए ।

त्यसैगरी हाम्ले नि कतै ६० बर्ष कुर्नुपर्ने र भेरीको पानी एकादेशको कथा त बन्ने हैन त्यता पो चिन्ता लाछ । जनता लागि खानेपानी ल्याउने तिरको सोच भन्दा नी खानेपानीयाँ कसरी राजनीति गर्ने भनेर साथीहरु दलका घरघर चाहार्नाले सुर्खेतीले काकाकूलको जिन्दगी जिउनुपर्ने हो कि जस्तो भैगो ।

प्रकृतिले ठगेर भदौदेखि पानी नपर्दा खोलाँ पानी सुकेर धाराँ पानी आउन छोडीसक्यो । काँट पानी ल्याएर प्राण बचाउने भन्ने चिन्ताले वीरेन्द्रनगरबासीलाई चिन्तित गराछ । तर खानेपानीका नेतारुचाई काँगे्रस, एमाले र माओवादीका नाममा चुटाचुटको स्थितियाँ छन् । नेताहरलाई पानीको चिन्ताले सता छैन ।

कल्ले कल्लाई कुर्चियाट तानेर फाल्न सकिन्छ र संस्था हत्याउन सकिन्छ भन्ने खेलको केन्द्रविन्दुवाँ अहिले उपत्यका खानेपानी रुमल्लिया छ । कार्यकर्ताको घुसपैठ र दादागिरी गराएर रमिते बन्या पार्टीका नेताहरु पाटे सुस्केरा हालेर हुर्रर्रर्रर्र ठोक भन्दै थप िबजाएर रमिता हेर्दै छन् ।

भट्टराईले आँटेको मेलम्चीलाई ओलीबाले मैले ल्याहुम भनेर प्रचार गरेझैँ ऐल्या दलका नेतारु ऐल्या मान्छेलाई काम गर्न दिने हैन कि अबको ६० वर्ष पछिको नेताले मैले ग¥याहुम भन्ने तरिकाले जसरी जाँदैछन हो यो नै जनविरोधि हो । ३ बर्षाँ हुने कामलाई ३० बर्षाँ नि हुन नदिने र अरबौँ रुपैयाँको खर्च बढाएर भष्टाचारको मेलो बसाल्न खोज्ने यस्ता नेता र पाटिलाई जनताले कैले चिन्ने होलान् ।

सम्झँदै दिक्क लागेर आउँछ । केपीबाकै प्रबृत्ति दोह¥याउन खोज्ने यस्ता नेतालाई जनताले कैले चिन्लान र पाखा लाउलान ? के हामी भेरीको पानी खाने रहर साँच्दासाँच्दै मर्ने भयौँ त । धन्य हो दलका चाटुकारहरु । वेदर्षि

तपाईको प्रतिक्रिया