उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई कोरोना

एजेन्सी ।  उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ कोरोना संक्रमण पुष्टि भएको छ । मुख्यमन्त्रीबाट कार्यालयका धेरै अधिकारी र कर्मचारीहरूको कोरोना संक्रमण देखिएपछि उनले मंगलबार स्वाव दिएका थिए ।

मुख्यमन्त्रीले सोशल मिडियामा आफूलाई कोरोना पुष्टि भएको जानकारी दिएका छन् । उनले ट्वीटरमा लेखेका छन्, ‘सुरुवाती लक्षण देखिएपछि मैले कोभिड परीक्षण गराएको थिएँ ।

मेरो रिपोर्ट पोजेटिभ आएको छ।’ ५ अप्रिल उनले कोरोना खोपको पहिलो भ्याक्सिन लगाएका थिए । पछिल्लो समय योगीले पश्चिम बंगाल चुनावमा निरन्तर चुनावी बैठकहरू गर्दै आएका थिए ।

तपाईको प्रतिक्रिया