ललित चलाउनेकाे कविता : नयाँ बर्ष २०७८

सगरमाथाको सिखर चुम्दै आयो नयाँ बर्ष ।

हाम्रो जीवन स्वास्थ बनि छाओस् सधै हर्ष र उमङ्ग ।।

अंजुलिमा फुलको थुंगा अबिर माला मोति ।
नयाँ बर्ष आयो नि उषाको लाली रंग पोति ।।

सयपत्री फुलको माला, मखमली रोपि ।
नयाँ साल २०७८ लाई स्वागत गरौँ घुम्टोले छोपी ।।

हिमाल पहाड र तराई चुम्दै आयो नयाँ बर्ष ।
मेची काली सबैतिर छाओस हर्ष ।।

अभाव र गरिबीले नेपालिलाइ नछोओस् ।
मेलमिलाप र भाइचारा हामी भित्र नहराओस् ।।

खुशी रहोस हाम्रो मन ,स्वछ रहोस भावना ।
हजुरहरु सम्पुर्णमा २०७८सालको मङगलमय शुभकामना ।।

 

ललित कुमार चलाउने छेत्री
वीरेन्द्रनगर नगरपालिका १०, सुर्खेत ।

तपाईको प्रतिक्रिया