तालिममा सहभागि कर्मचारीद्धारा नगद सहयोग

सु्र्खेत ।  मानव सेवा आश्रमले खुल्ला आकाश मुनि सडक जीवन विताउन विवस भएका अनाथ, अपाङगता भएका, अशक्त, असहाय तथा सहयोगापेक्षी नागरिकहरुलाई सहयोग गर्दै आएको छ ।

यी मानवहरुको उद्धार, उपचार, पालन पोषण संरक्षण तथा पारिवारिक पुनर्मिलनको व्यवस्थापनका लागि यो संस्थाले काम गरिरहेको छ । अनाथ, असहाय, मानसिक सन्तुलन गुमाएका र यस क्षेत्रमा मागेर जिवन निर्वाह गरिरहेका ७४ जना नागरिकहरुउक्त आश्रममा छन् ।

कर्णाली प्रदेश सुशासन केन्द्र सुर्खेतमा यस प्रदेश अन्तगर्तका संघीय कार्यालयमा कार्यरत रा प अं प्रथम र द्धितीय श्रेणीका कर्मचारी र प्रदेश तथा स्थानीय तहमा कार्यरत सहायक स्तर पाचौ र चौथो तह कर्मचारीहरुको लागि २०७७ चैत्र ८ देखि संञ्चालन भएको सेवा प्रवाहका लागि कार्यालय कार्यविधी तथा व्यवस्थापन विषयक ४० दिने सेवाकालिन तालिममा सहभागी प्रशिर्क्षार्थीहरु मध्ये विहानी समूहका

सहभागीहरुले त्यस्ता नागरिकहरुकोउद्धार, उपचार, पालन पोषण संरक्षण तथा पारिवारिक पुनर्मिलनको व्यवस्थापनका लागिथोरै भए पनि सहयोग पुगोस भन्ने हेतुले नयाँ बर्ष शुभकामना सहित तालिमका ३१ जना सहभागीहरुबाट एकमुष्ट रु २२(अक्षेरुपी बाइस) हजार नगदआश्रमका सहायक व्यवस्थापक श्री संजिता गौतमलाईसोमबार दिउसो आश्रममै पुगेरहस्तान्तरण गरिएको तालिमका सहभागी देब बहादुर बुढाले जानकारी दिए ।

झट हेर्दा रकम सानो भए पनि सामूहिक निर्णयबाट गरिएको यो सहयोगले थप सहयोगी मन तथा हातहरु बढ्ने विश्वास लिइएको छ । उक्त तालिमका सहभागीहरुले पिकनिकको लागि जम्मा गरेको रकमबाट मानव सेवा आश्रम सुर्खेतको लागि बचाएको बुढाको भनाई छ।

तपाईको प्रतिक्रिया