जाजरकोटमा ७१ रोपनी क्षेत्रफलमा लगाइएको अफिम नष्ट

सुर्खेत । जाजरकोटमा ७१ रोपनी क्षेत्रफलमा लगाइएको अफिम नष्ट गरिएको छ । जिल्लाको नलगाड नगरपालिका वडा नम्बर २, ३, ४, ५ र ६ का विभिन्न स्थानमा लगाइएको अफिम नष्ट गरिएको हो ।

चार दिनमा ७१ रोपनी क्षेत्रफलमा लगाइएको अफिम खेती नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटमा प्रमुख डीएसपी मधुकुमार थापाले बताए ।


डीएसपी थापाका अनुसार नलगाड वडा नम्बर–२, नहकुलीमा ४ रोपनी, वडा नम्बर ३ को काँक्रीमेलामा २५ रोपनी, डिम्रेनीमा साढे ८ रोपनी, द्वारेमा ८ रोपनी वडा नम्बर ६ भारगाँउमा आधा रोपनी, सिर्पाचौरमा ७ रोपनी, किटालेकमा साढे ६ रोपनी, गर्छेनामा साढे ११ रोपनी क्षेत्रफलमा लगाइएको अफिम खेती नष्ट गरिएको छ ।

अफिम खेती गरिएको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दल्लीबाट खटिएको टोलीले नष्ट गरेको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार