राजर्षि जनक कपको उपाधि पिप्लेले चुम्यो

बागमती नगरपालिकामा सम्पन्न पाँचौ राजर्षि जनककप फुटबल प्रतियोगिताको उपाधि पिप्ले युवा क्लब हेटौडाले चुमेको छ । सोमबार बागमती-११ कर्मैयास्थित स्वर्गीय सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा सम्पन्न फाइनल खेलमा आयोजक बागमती नगरपालिकालाई पिप्लेले ट्राइब्रेकरमा पाराजित गरेको हो ।

पिप्लेले उपाधिसँगै १० लाख एक हजार रूपैयाँ हात परेको छ। उपविजेता बागमतीले ५ लाख ५ रुपैयाँ प्राप्त गरेको छ । खेलको म्यान अफ दि म्याच पिप्लेका ग्लोरी घोषित भए। उनले १० हजार रूपैयाँ प्राप्त गरे । प्रतियोगिताको म्यान अफ द सिरिज बागमतीका विजय घलान भएका छन् ।

उनले ५१ हजार रूपैयाँ प्राप्त गरेका छन् । यस्तै‚ उत्कृष्ट गोल रक्षकको उपाधि बागमतीका अरुण ब्लोन, उत्कृष्ट डिफेन्डर पिप्लेका सहिद, उत्कृष्ट मिडफिल्डर पिप्लेका राजेन्द्र रावल, सर्वाधिक गोलकर्ता बागमतीका स्टेफन समीर र उत्कृष्ट कोच पिप्लेका सुदिन घिमिरे घोषित भए। उनिहरुले जनही २०/२० हजार रूपैयाँ प्राप्त गरेका छन् ।

प्रतियोगिताको उदीयमान खेलाडिको उपाधि बागमतीका गोलरक्षक अरुण ब्लोनले हात पारेका छन्। उनले बजाज कम्पनीको १५० सिसिको एक थान मोटरसाइकल प्राप्त गरेका छन् ।

बागमती नगरपालिका र बागमती युवा क्लब कर्मैयाको आयोजनामा संचालित प्रतियोगितामा चैत २१ देखि सुरु भएको हो । आयोजक दुई, अन्तर्राष्ट्रिय दुई, विभागीय एक र मोफसलका पाँच गरी प्रतियोगितामा १० टिमले सहभागिता जनाएका थिए ।

तपाईको प्रतिक्रिया