म्यानचेस्टर युनाइटेडसँग टोटेनह्याम हट्सपर ३–१ ले पराजित

एजेन्सी । इङ्लिस प्रिमियर लिगअन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले टोटेनह्याम हट्सपरलाई पराजित गरेको छ।

टोटेनह्यामको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली युनाइटेडले ३–१ गोलको पुनरागमन जित निकालेको हो । खेलको पहिलो हाफमा १–० गोलले पछि परेको युनाइटेड दोस्रो हाफमा ३ गोल गर्न सफल भयो ।

खेलको ४० औ मिनेटमा लुकास मोउराले दिएको पासलाई सन ह्युङ मिनले गोलमा परिणत गरेपछि पहिलो हाफमा टोटेनह्यामले १–० गोलको अग्रता लिएको थियो । ५७ औं मिनेटमा युनाइटेडका फ्रेडले गोल गर्दै पछि खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

७९ औँ मिनेटमा मेसन ग्रिनउडको पासमा एडिसन काभानीले गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई २–१ गोलको अग्रता दिलाए । इन्ज्युरी समयमा पाउल पोग्बाको पासमा ग्रिनउडले गोल गर्दै टोलीलाई ३–१ को गोल जित सुनिश्चित गराए । यो जितसँगै युनाइटेडले लिगको दोस्रो स्थानमा ६३ अंक जोडेको छ ।

पहिलो स्थानका म्यानचेस्टर सिटीको ७४ अंक छ। ५५ अंक जोडेको वेस्टह्याम चौथो स्थानमा छ । पाँचौ स्थानमा रहेको चेल्सीको ५४ र छैटौं स्थानको लिभरपुलको ५२ अंक छ । गएराति पराजित टोटेनह्याम ४९ अंकसहित सातौं स्थानमा छ ।

तपाईको प्रतिक्रिया