विद्यालयमा खेलकुदका गतिविधि बन्द

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरका विद्यालयहरुमा अबदेखि हापछुट्टी (हाप टाइम) र खेलकुदका गतिविधिहरु बन्द हुने भएका छन् ।

कोरोनाको संक्रमणको जोखिम बढेको भन्दै सोमबारदेखि लागु हुने गरी हापछुट्टी र खेलकुदका गतिविधिहरु बन्द गरिएको नगरपालिकाका उपसचिव ललित सिंहले जानकारी दिए ।

त्यस्तै नगरभित्र कोरोना संक्रमणको जोखिम कम नहुँदासम्म भौतिक दुरी कायम गरेर विद्यालयमा पठन–पाठन गराउनुपर्ने, मास्क तथा सेनिटाइजरको अनिवार्य प्रयोग गर्न गराउन सबै विद्यालयहरुलाई निर्देशन दिएको छ ।

दुई हप्तादेखि सुर्खेतमा कोरोनाको संक्रमण उच्च भएको छ । हाल सुर्खेतका ३३ संक्रमितमध्ये वीरेन्द्रनगरका मात्रै ३१ जना छन् ।

तपाईको प्रतिक्रिया