बुवाको प्रेरणा नै सफलताको कडी बन्यो

हरेक व्यक्तिका आ–आफ्नै लक्ष्य र उद्देश्यहरु हुन्छन् । कति लक्ष्य पूरा हुन्छन् त कति अधुरै रहन्छन् । निर्धारित लक्ष्यहरु पुरा गर्न विशेषतः घर परिवारको साथ, सहयोग र प्रेरणा सबैभन्दा बढी महत्वपूर्ण हुन्छ । जसमा पनि बुवाआमाको प्रेरणा अझ महत्वपूर्ण र विशेष हुन्छ । जुनसुकै आमाबुवालाई पनि छोराछोरीले राम्रो प्रगति गरुन भन्ने नै हुन्छ । अझै डाक्टर शंकरप्रसाद रिजालको जीवनमा वुवाले देखाएको बाटो अझै महत्वपूर्ण बन्यो । बुवाकै चाहना अनुसार उनले आयुर्वेद अध्ययन गरे । जुन उनका जीवनमा सफलताको कडी नै बन्यो । प्रस्तुत छ, उनै रिजालको आयुर्वेद चिकित्सवकको पेशा र जीवन भोगाईमा केन्द्रित रहेर गरिएको कुराकानीको सम्पादित अंश :

 

भागेर पौडी खेल्न जान्थ्यौँ

शंकर दैलेखको भैरवी गाउँपालिका–२ , होमेगाउँमा जन्मिए । गाउँले परिवेशमा हुर्किए । कृषक परिवार भएका कारण सानैमा मेलापात गर्न सिके । गाउँघरमा खेतिपाती र गाइगोठालो गर्दै बाल्यकाल बिताए ।

संयुक्त परिवार भएका कारण बाल्यकालमै संघर्षको पाठ सिके । उनी साथी भाइसँग मिलनसार थिए ।  घरबाट भागेर भए पनि साथी भाइसँग रमाउन पुग्थे । गर्मी मौसममा पौडी खेल्न हरेक हप्ता भागेर छामघाट खोलासम्म पुग्थे । भागेर पौडी खेल्न जाँदा आमाबुवा निकै रिसाउँथे । तर पौडी खेल्न जान भने छुटाउँथेनन् ।

साथी भाइसँग रमाउन पाएपछि घरपरिवारको गाली पनि उनका लागि सामान्य हुन्थ्यो । यसरी नै १३ गाउँमै बिताए । विस २०४७ साल साउन २७ गते उनको जन्म भएको हो । उनी बुवा कृष्णप्रसाद र आमा कल्पनादेवि उपाध्यायका छेटौँं छोरा हुन् ।

अनि गाउँ छोडे

२०५७÷०५८ सालतिरको कुरा हो । तत्कालीन माओवादीले थालेको सशस्त्र विद्रोहले देश अशान्ति थियो । हत्या, हिंसा र काटमार सामान्य जस्तै लाग्थ्यो । गाउँमा विद्यालयहरुका खासै पढाई हुन्थेन् ।

माओवादीको डरले शिक्षकहरु गाउँसम्म पुग्थेनन् । यही त्रासका कारण लामो समय विद्यालयहरु बन्द थिए । तर शंकरका बुवा कृष्णप्रसादले पढाइको महत्व बुझेका थिए । माओवादीले बुर्जुवा शिक्षा भनेपनि कृष्णप्रसादले पढाई छोड्नु भनेको छोराछोरीको भविष्य अन्धकार पार्नु हो भन्ने ठान्थे ।

यही कारण २०६० सालमा शंकरले गाउँ छोडे । उ बेला शहर पस्न माओवादीको सिफारिस लिएर गाउँ छोड्नु पथ्र्याे । अध्ययनका लागि शहर जान शिक्षकहरुले सिफारिससम्म दिन डराउँथे । अन्ततः २०५८ सालमा पढाई पुरा गर्नका लागि गाउँ छोडे । गाउँकै पञ्चदेवल माध्यमिक विद्यालयबाट कखरा चिने ।

कक्षा ६ सम्मको पढाई त्यही स्कूलबाट पुरा गरे । कक्षा ७ देखि एसएलसीसम्मको अध्ययन सुर्खेतको जन माध्यमिक विद्यालयबाट पुरा गरे । २०६२ सालमा एसएलसी उत्तीर्ण भएपछि उच्च शिक्षा अध्ययन गर्न दाङ पुगे । संस्कृत विश्वविद्यालयबाट आयुर्वेदमा पीसीएल गरेका उनले त्रिभूवन विश्वविद्यालयको नेपाल आयुर्वेद कलेज विरगन्जबाट स्नातक तहसम्मको अध्ययन पुरा गरेका छन् । अध्ययनमा उनी मध्यम विद्यार्थी हुन् ।

अनि उनले आयुर्वेद बढे…

शंकर ब्रामहण परिवार हुकिए । परिवारले धर्मकर्ममा बढी विश्वास राख्छन् । पुर्खादेखि नै रिजाल सन्तानमा कुनै न कुनै व्यक्तिले बैद्यको काम गर्थे । गाउँघरमा जडीबुटीको औषधी बनाउने, धार्मिक कुरामा विश्वास गर्थे । समयक्रमसँगै आयुर्वेद चिकित्सालाई सरकारले औपचारिक मान्यता दियो ।

आयुर्वेद पढाउने विद्यालयमाहरु खुले । त्यतिबेलादेखि नै कृष्णले शंकरलाई यही आयुर्वेद पढाउने सपना देखे । बुवाको त्यही सपना पुरा गर्न उनले आयुर्वेदमै उच्च शिक्षा हाँसिल गरे । ‘एलएलसी दिँदासम्म आयुर्वेद केही थाहा थिएन’ उनी भन्छन् ‘तर बुवाकै प्रेरणामले यो विषय पढेको हुँ ।’

जागिरभन्दा पढाई ठूलो

शंकरले २०६७ साल अघिनै संस्कृति विश्वविद्यालयबाट आयुर्वेद विषयमा पीसीएल पुरा गरिसकेका थिए । अध्ययनपछि केही समय लोकसेवा आयोगको तयारी गरे । २०६७ साल मंसिरमा आयोगको पहिलो चरणको परीक्षामा सफल भए । तर दोस्रो चरण अर्थात अन्तरवार्ता दिएनन् ।

किनकी अन्तरवार्ताको समयअघि नै उनले आयुर्वेदमै स्नाकोतक अध्ययनको लागि छात्रबृत्तिमा नाम निकालि सकेका थिए । परीक्षा दिँदा उनलाई छात्रबृत्ति कोटामा सफल हुन्छु भन्ने लागेकै थिएनन् । तर परीक्षामा सफल भए ।

अनि त्रिभूवन विश्वविद्यालय अन्तर्गतको नेपाल आयुर्वेद कलेज विरगन्जबाट आयुर्वेदमै स्नातक तहको अध्ययन पुरा गरे । स्नातक तह अध्ययन गर्नका लागि शंकरले लोकसेवा आयोगको स्थायी परीक्षामा सफल हुँदा पनि मौखिक परीक्षा दिएका होइनन् ।

स्नातक तहको पढाई पुरा भएपछि उनले २०७३ सालदेखि प्रदेश आयुर्वेद औषधालयमा जागिर सुरु गरे । छात्रबृत्ति कोटामा अध्ययन गरेका कारण केही समय अध्ययन औषधालयमा इन्टसिप गरे । २०७५ असोज १७ गते लोकसेवा पास गरेर स्थायी भए । हाल उनले प्रदेश आयुर्वेद औषधालयको नेतृत्व गर्दै आएका छन् ।

सात भाइ नै निजामतिमा

शंकर संयुक्त परिवारमा जन्मिए । बाआमाले सात छोरा र दुई छोरीलाई ठूलो संघर्ष गरेर हुर्काए । सानैमा परिश्रम गर्न सिकाए । माओवादी द्वन्दकालमा पनि उनीहरु काठमाडौँ र सुर्खेतमा बसेर अध्ययन गरे । सानोमा अभावहरु झेले । दुःख पीडाहरुसँग कहिले हारेनन् । फलत ः अहिले शंकरका सात दाजुभाई नै स्थायी जागिरमा छन् । बुवाआमाले सत्मार्गमा हिड्न सिकाएकै कारण सबै दाजुभाई स्थायी जागिरमा जोडिन सफल भएको शंकरको तर्क छ ।

तपाईको प्रतिक्रिया