ट्युशन सेन्टरले जुराएको सम्वन्ध

विश्वास माया र प्रेमको आधार हो । एकअर्काप्रति जति विश्वास हुन्छ त्यति नै हरेक सम्बन्धहरु बलिया र दीगो बन्छन्् । सुख,दुखमा साथ दिने र विश्वास गर्नेहरुको सम्बन्ध साँचिक्कै सफल र बलियो हुन्छ । शुशिल राना र कल्पना थापामगर एउटा त्यस्तै जोडी हुन् । जसले एक अर्काप्रति निकै विश्वास गर्छन् । हरेक काम गर्दा सरसल्लाह गर्दछन् । अफ्ठेरो पर्दा एक अर्काले हौसल्लाह प्रदान गर्छन् । प्रस्तुत छ, केही महिनाअघि मात्रै बैवाहिक जीवनमा बाँधिएका उनै सुशील र कल्पनाको मायाप्रेमका सन्दर्भमा सहकर्मी टेकराज केसीले गरेको कुराकानीको सम्पादित अंश :

 

सँगै पढ्दा चिनजान

आजभन्दा ६ वर्षअघि सुशील र कल्पना एकअर्कामा अपरिचित थिए । सुशील सुर्खेतको पूर्वी क्षेत्रमा जन्मिए भने कल्पना पश्चिममा ।

संयोगले कल्पना र सुशील पढ्ने ट्युसन सेन्टर एउटै भयो । सुशीलले साहार क्याम्पसमा पढाउने र १२ को ट्युसन कक्षा पढ्ने गर्थे । संयोगले कल्पना पनि त्यही ट्युसन सेन्टरमा पढ्न आईन ।

विस २०७२ सालमा उनीहरुबीच चिनचान भयो । एक दिन सुशीलले कल्पनालाई अघिल्लो दिन पढेको नोट मागे । त्यसपछि उनीहरुबीच बोलचाल सुरु भयो । त्यही बेलादेखि नै सुशीलले कल्पनालाई मन पराउन थाले ।

एकदिन सुशीलले नै कल्पनालाई जीवन साथी बन्न प्रस्ताव राखे । तर कल्पनाले कुनै जवाफ दिइनन । धेरैपटक प्रस्ताव गरेपछि कल्पना जीवनसाथी बन्न राजी भइन् । ट्यूसन सेन्टरमा हुने दैनिक भेटघाट र कुराकानीबाट असल साथीको रुपमा गाँसिएको सम्बन्ध अन्ततः विवाहमा परिणत भयो ।

करिव ६ बर्षपछि अर्थात २०७७ सालमा कल्पना र सुशील विवाह बन्धनमा बाँधिए । सुशील र कल्पनाले परिवारसँग बिवाह गर्न लागेको जानकारी गराए । परिवारलेसहजै स्वीकारे । परिवारकै सल्लाहमा भागेर बिवाह गरे । सुशील २३ र कल्पना २२ बर्षको उमेरमा विवाह गरे ।

माईतको कान्छी छोरी, घरको जेठी बुहारी भइन । बिहे अघि नै एकअर्कालाई बुझीसकेका थिए । कल्पनालाई माइती घर छोड्दा केही दिन नरमाइलो भयो । नयाँ परिवार, नयाँ सम्बन्ध । समयक्रमसँगै जन्म घरभन्दा कर्मघर प्यारो बन्यो ।

विवाहपछिका संघर्ष

सुशील सानैदेखि संघर्षशील हुन् । कल्पना पनि मेहनती थिइन । यही कारण जीवनमा अभावको सामाना गर्नु परेको छैन । अहिले पनि काम र पढाईमै उनीहरुको ध्यान छ । कुनै नयाँ काम गर्दा सल्लाहामा गर्छन् ।

बिवाह अगाडि नै सुशीलले पढ्दै पढाउँदै गरेका थिए । कल्पना पनि पढाईमा अब्बल थिइन । उच्च शिक्षा पुरा गरेदेखि सुशील नेपाल राष्ट्रिय माध्यमिक विद्यालय डाँडास्कुल कार्यरत छन् । कल्पनाले लोकसेवा आयोगको तयारी छिन् । सफलता शिखरमा पुग्न उनीहरुको जोडी संघर्षमै रमाएको छ ।

बाल्यकाल ?

सुशील घरको जेठो छोरा हुन । बुवा चन्द्रबहादुर र आमा तोरण राना क्षेत्रीबाट सिम्ता–९, खानीखोला उनको जन्म भएको हो । बाल्यकाल सुखद् रह्यो । आर्थिक अवस्था राम्रो थियो । विद्यालय जान समस्या थिएन । उनी सानैदेखि मेहनती र चन्चले स्वभावका थिए । सिम्ता –९ को सरस्वती मावि काडा कक्षा ८ पढाई पुरा गरे ।

कक्षा ९ देखि प्सलटुसम्म पढाई अमर ज्योति नमूना मावी नेवारेबाट पुरा गरे । हाल उनी सुर्खेत क्याम्पस (शिक्षा) मा वीआइसीटी अध्ययनरत छन् । कल्पना घरको कान्छी छोरी हुन् । बुवा बमबहादुर र आमा मंगलादेवि आले मगरबाट चौकुने गाउँपालिका–१ लगाममा उनको जन्म भयो ।

सानोमा कल्पनाले राम्रोसँग पढ्न पाइन । कक्षा ३ सम्म छिनिङगैरा प्राविमा कक्षा ४ कक्षादेखि प्लसटुसम्म नेपाल राष्ट्रिय माध्यमिक विद्यालय लगाममा अध्ययन गरिन् । कल्पना पनि सुर्खेत क्याम्पस (शिक्षा)मा अध्ययनरत छिन् ।

सुशीललाई कल्पनाको हरेक कुरामा सहयोग गर्ने, विश्वास मान्ने, आफन्तलाई सम्मान र आदर गर्ने बानी साह्रै मनपर्छ । तर कुनै बेला नबोल्ने कल्पनाको बानी सुशीललाई मन पर्दैन । कल्पनालाई भने हरेक कुरामा साथ सपोर्ट गर्ने, काममा इमान्दार र दयालु स्वभाव मन पर्छ । तर कहिलेकाँही छिटो रिसाउने सुशीलको बानी कल्पनालाई मन पर्दैन ।

सल्लाह र सहकार्य

संघर्ष र सफलताका कारण सुशील र कल्पना एक अर्काप्रति सन्तुष्टि छन् । हरेक काममा सहमतिमा गर्छन् । जसका कारण सम्बन्धमा खटपट आउँदैन । समस्या आउँदा एकअर्कालाई हौसला दिन्छन् । एकअर्काे प्रति विश्वास र समझदारी भए मात्र दाम्पत्य सम्बन्धलाई दिगो बनाउन सकिन्छ भन्ने राम्रैसँग बुझेका छन् ।

तपाईको प्रतिक्रिया