आजदेखि थारु साहित्य सम्मेलन

सुर्खेत । आज (शनिबार) देखि सुर्खेतमा थारु साहित्य सम्मेलन हुने भएको छ । थारु कल्याणकारिणीसभा सुर्खेतले आयोजना गरेको पाँचौं थारु राष्ट्रिय साहित्य सम्मेलन दुई दिनसम्म चल्ने छ ।

सम्मेलनमा देशभरबाट करिव दुईसय प्रतिनिधिहरु सहभागी हुने पाँचौँ राष्ट्रिय साहित्य सम्मेलन मूल व्यवस्थापन समितिका संयोजक मानबहादुर चौधरी ‘पन्ना’ले जानकारी दिए । थारु भाषा तथा साहित्यको विकास र संरक्षण गर्ने उद्देश्यले सम्मेलनको आयोजना गरिएको हो ।

सम्मेलनमा थारु साहित्यको समकालीन अवस्था, अन्तरसम्वाद, थारु बालसाहित्यको अवस्था, थारु तथा गैरथारु साहित्यकारबीच अनुभव आदानप्रदान लगायतका गतिविधिहरु हुनेछन् । थारु साहित्य र भाषा सम्बन्धी विभिन्न नौं वटा सेसनमा बहस तथा छलफल हुने छ ।

तपाईको प्रतिक्रिया