पुरुषको शव भेटियो

सुर्खेत ।  बेवारिसे अवस्थामा भेटिएका पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिकाको बुलबुले नजिक बिरामी अवस्थामा भेटिएका अन्दाजी ४० वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार ती ब्यक्तिलाई बिरामी अबस्थामा प्रहरी टोलीले फेला पारी उपचारको लागी कर्णाली प्रदेश अस्पताल कालागाउँमा लगिएको र उपचार क्रममा मृत्यु भएको जनाएको छ । कार्यालयका अनुसार मृत पुरुषका आफन्तजनहरु सम्पर्कमा कोही पनी नआएकोले मृत लाशलाई चिन्ने आफन्तजनहरु सनाखतको लागी जिल्ला प्रहरी कार्यालय सुर्खेतमा अबिलम्ब सम्पर्क राख्न अनुरोध गरिएको छ ।

तपाईको प्रतिक्रिया