राष्टपति कप खेल गराउन सरोकारवालाहरुको रुवाबासी मात्रै हुन्छ

विगत १० बर्षदेखि संचालन हुँदै आएर पैसाकै अभावमा गतबर्ष आयोजना हुन नसक्या राष्टपति कप यो पटक सिम्ता गाउँपालिका अध्यक्षले आँट गरेसी यही चैत २६ देखि २८ सम्म भानु मावि बजेडिचौरमा हुने भाछ ।

बर्षेनि बजार भाउ बढ्या बढ्यैछ । चारबर्ष अघि ६० रुपियाँ पर्ने आधा किलो तेलको पोको १२० रुपैयाँ पर्ने भैसक्यो । तर विगत चार बर्षदेखि राष्टपतिकप खेल सम्पन्न गर्न चारलाख पठाउने सरकारका अन्धा कर्मचारी र मन्त्रीहरुको उदेकलाग्दो निर्णयले जिल्लामा राष्टपति कप खेल गराउन सरोकारवालाहरुको रुवाबासी मात्रै हुन्छ । स्थानीय सरकारहरु खेलकुदको क्षेत्राँ रकम छुट्याउन भनेसी ज्यानै जान्छकी जस्तो गर्छन् ।

छुट्याको रकममा केन्द्रीय सरकारले नी नदिने, प्रदेश सरकारले नी नदिने गरेसी सक्छौ गर, सक्दैनौँ नगर भनेर राष्टपति कपलाई घाँडो बनाएसी विचरा खेलकुदको यो एउटा गतिविधि धरापाँ पर्ने भो । सरकारले साँच्चिकै राष्टपति कपलाई निरन्तर गर्न चाहेको हो भने कि त लाग्ने रकम पुरै पठाउनु प¥यो, कि त स्थानीय सरकारले यसरी संचालन गर भनेर नीति बनाइ दिनुप¥यो हैन र ? सरकारको रकम दिने तौरतरिका हेर्दा त प्रदेशमा बन्या सरकारको पार्टीकै समर्थनमा राष्टपति बन्या रैछ भने त प्रदेश सरकारले रकम देला ।

हैन भने त ऐल्या कर्नालीको सरकारको जस्तो माओवादीका निम्ति राष्टपति घाँडो भा अवस्था हुने भो भने त जसरी कर्नाली सरकारले राष्टपति कपका लागि पैसा दिएन । त्यस्तै हाल भोली अरु प्रदेशमा नी हुन्छ । हुन पनि यो बेलाँ एमाले कि राष्टपतिका नाममा माओवादीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले किन रकम दिने भए त नी ?

प्रदेश सरकारले नदिएनी गर्नुपर्छ भनेर एउटा युवा नेता र सकारात्मक सोच भएका मान्छे भएकै कारण सिम्ता पालिकाका अध्यक्ष कविन्द्र केसी र बजेडिचौरका हेडसर रुद्र केसी सर र ब्यवस्थापन समितिका अध्यक्षले जुन आँट गरेर खेल खेलाउने आँट र निर्णय गर्नु भो त्यस्तै आँट पालिकाका अध्यक्ष धिरबहादुर शाहिले नगर्दा १० औँ राष्टपति कप गत बर्ष हुन सकेन । त्यस्तै ताल हुने हो भने यो राष्टपति कपले निरन्तरता पाउँछ भन्ने कुराको ग्यारेण्टि कहाँ रह्यो ।

विद्यालय तहको यो प्रतियोगिता हुन नसके माथिल्लो तहमा खेलाडी कसरी उत्पादन हुन सक्छन् । त्यसैले संघीय सरकार होस् वा प्रदेश सरकार समयमै यो विषयमा सोच र खर्च जुटाउन सक्ने भए खेल आयोजना गर नसक्ने भए राष्टपतिका नाममा यो खेलको ट्याक लाएर कति झुक्याउँछौ राष्टपतिलाई । बरु यो खेलको आयोजना नै नगर्ने नीति बनाउ ‘नरहेगा बाँस न बजेगा बाँसुरी’ ।
–वेदर्षि

तपाईको प्रतिक्रिया