‘युवालाई रोजगारी दिन हरेक टोलमा उद्योग स्थापना गर्छौं

कर्णाली प्रदेशका दश जिल्ला मध्येको एउटा जिल्ला हो कालिकोट । कालिकोटको शुभकालीका गाउँपालिकामा दुई हजार नौ सय ८१ घरधुरी छन् । यहाँ सक्रिय उमेरका ४२ प्रतिशत युवाहरु मध्ये ५५ प्रतिशत रोजगारीको लागि भारत लगायत अन्य खाडी मुलुकमा गएर काम गर्न बाध्य छन् । यो गाउँपालिकामा आठ वटा वडाहरु रहेका छन् । गाउँपालिकामा जनप्रतिनिधि 

आएपछि यो अवधिमा गाउँपालिकामा के कस्ता विकास निर्माण र परिवर्तन भए त ? जनताको अपेक्षा अनुसार काम भए त ? यीनै विषयमा केन्द्रित रहेर हाम्रा सहकर्मी टेकराज केसीले कालिकोटको शुभकालिका गाउँपालिकाका अध्यक्ष खडानन्द चौलागाईसँग कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादीत अंश ः
हिजोआज के काममा व्यस्त हुनुहुन्छ ?
म अहिले जनताकै काममा व्यस्त छु । गाउँपालिकाको कामको लागि काठमाडौं गएर भर्खरै आएँ । कोरोनाका कारणले गर्दा रोकिएका कामहरु संचालनका लागि दौडधुप गरिरहेको छु । अहिले हाम्रो गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नभएको अवस्थामा प्रमुख प्रशासकीय अधिकृत ल्याउन सकिन्छ की भनेर काठमाडौं गएको थिएँ । समग्रमा जनताकै काममा व्यस्त छु ।
तपाइँ निर्वाचित भएयता गाउँपालिकामा के परिवर्तन भयो त ?
स्थानीय निर्वाचनपछि हामी निर्वाचित भएर आयौं । त्यसपछि हाम्रो पहिलो प्राथमिकता भनेको जनताको समस्या के हो ? भनेर पहिचानमै केन्द्रीत रह्यौं । पहिलो एजेण्डाको रुपमा हामीले चुनावको बेला प्रतिवद्धता गरेको भनेको सबै जनतालाई पैदल हिँड्पर्ने बाध्यता हटाउँछौं भन्ने थियो । सेरीघाट खोलासम्म मात्र बाटो बनेको थियो । अहिले ६ वटा वडासम्म सडक

संजाल पुगेको छ भने आगामी असार मसान्तसम्म अन्य दुई वटा वडालाई पनि सडक सञ्जालमा जोड्छांै । र सबै वडामा गाडी सहज रुपमा गुड्ने सडक निर्माण गराउँछांै । दोस्रोमा जनतासँग प्रतिवद्धता गरेअनुसार सबै जनताको घरमा विद्युत बाल्ने थियो । करौडौं लगानी भएर अलपत्र रहेको विद्युत विस्तारको कामलाई निरन्तरता दिइरहेका छौं । अब बैशाख महिनाभित्र अधिकांश नागरिकको घरमा विद्युत पुग्छ । तेस्रोमा संचार सेवा पुर्याउने प्रतिवद्धता थियो । शुभकालिका

गाउँपालिकामा रुखमा चढेर फोन गर्नुपर्ने अवस्था थियो । त्यसको अन्त्य भएको छ । त्यसका सँगसँगै शिक्षा क्षेत्रमा सुधार आएको छ । भने स्वास्थ्यको पहुँचमा जनतालाई पुर्याउन प्रत्येक वडामा स्वास्थ्य इकाई बनाइएको छ । डाक्टरहरुको अभाव पनि केही हतसम्म हटाइएको छ । योसँगै बालबालिकाहरुलाई कुपोषित हुन नदिन पोषण सुधारका काम पनि गरेका छौं ।
पछाडी पारिएको बर्ग र समुदायको क्षेत्रमा के काम गर्नुभयो त ?
सबैभन्दा पछाडी पारिएको भनिएको दलित र जनजाती हुन् । उहाँहरुको लागि सीपमुलक तालिमसँगै स्वरोजगारमा लगाउने खालका कार्यक्रम बनाएर सहभागि गराएका छौं । त्यतीमात्र नभएर सबैको घरमा पालिकाकै बजेटले सोलार राखिदिएका छांै । किनभने उनीहरुका बालबालिकालाई पढ्न सहज होस् भन्नको लागि । अनि कालिकोटको जनजाती भएको एउटा

मात्र पालिका भनेको हाम्रो गाउँपालिका हो । जनतजातीहरुलाई पनि अन्य व्यक्तीसरह ल्याउन विभिन्न कार्यक्रमहरु बनाइएको छ । यसका साथै महिला, बालबालिका र दलित समुदाय पछाडी परेको अवस्था छ । उनीहरुलाई अगाडी ल्याउन लक्षित कार्यक्रमहरु संचालन गरिएको छ ।
गाउँपालिकामा समृद्धिका सम्भावना र आधारहरु के–के हुन् ?
साच्चिकै भन्ने हो भने शुभकालिका गाउँपालिका कृषि, पर्यटन र पशुपालन नै समृद्धिका आधारहरु हुन् । पालिकाको तल्लो भेगमा केरा, सुन्तला र आँप फल्ने ठाउँ छ भन माथिल्लो भागमा भने ओख्खर र स्याउ उत्पादनको लागि उपयुक्त छ । विशेषगरी गाउँपालिकाले फलफुल खेतीलाई नै प्राथमिकता दिएका छौं । त्यही अन्तरगत हामीले एक किसान, एकसय

बिरुवाको नारा नै बनाएर कार्यक्रम बनाएका छौं । दुइ बर्षभित्र फल्ने एक हजार ओखरका विरुवा वितरण गरेका छौं । त्यसका अलवा यहाँ पर्यटनका सम्भावनाहरु पनि धेरै छन् । त्यसको अध्ययन पनि गरिरहेका छांै । प्रदेश र केन्द्र सरकारसँग समन्वय गरेर हामी काम गर्दै छौं । यहाँको पर्यटन विकासका लागि विभिन्न कामहरु कामहरु अहिले पनि भइरहेका छन् । तर बजेट भने पुग्दो रहेनछ ।
विकासका काम गर्दा के कस्ता चुनौती आउँछन् ?
सबैभन्दा ठुलो चुनौती भनेको हामीलाई कानुनको अभाव भयो । हामीले बनाउनुपर्ने कानुन पनि प्रदेश र संघिय सरकारका कानुन बमोजिम बनाउनुपर्ने पहिले हामी निर्वाचित भयौं । पछि प्रदेश र संघ सरकारका प्रतिनिधि । संघ र प्रदेशले कानुन बनाउँदा ढिलो गर्दा हामीलाई समस्या भयो । जे काम गर्दा पनि कानुन र कार्यविधि चाहिने रहेछ । त्यसका साथै अर्को चुनौती

भनेको कर्मचारी अभाव हो । अहिले पनि हाम्रो गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत छैनन् । म काठमाडौं गएर १५ दिन बसेर आएँ । प्रमुख प्रशासकीय अधिकृत ल्याउन सकिनँ । आउन नै मान्दैनन् । जसले गर्दा आर्थिक काम त ठप्प रह्यो । भौगोलिक कठिनाई पनि अर्को चुनौती छ ।
गाउँपालिकामा मुख्य समस्या के छन् ?
सबैभन्दा ठुलो समस्या भनेको जनताका आवश्यकता धेरै छन् । तर बजेट हामीसँग छैन । सबै बजेटको जोड्ने हो भने ३५ करोड भन्ने हुन्छ । तर विकासको लागि भनेको ५÷६ करोड हुन्छ । यो बजेटले सबै क्षेत्रको विकास र समस्या समाधान गर्न सकिदो रहेनछ । अर्को कुरा भौगोलिक रुपमा विकट रहेको पालिकामा विकास निर्माणको काम गर्न सानोतिनो रकमले हुँदैन । त्यसैले सबैभन्दा ठुलो समस्या भनेको बजेट अभाव नै हो । अनि काम गर्ने शिलशिलामा राजनितिक ढङ्गले गरिने क्रियाकलाप पनि एउटा समस्या छ ।
संघ, प्रदेश र स्थानीय तहसँग कसरी समन्वय गर्नुभएको छ ?
संघ सरकार र प्रदेश सरकारसँग त मेरो नियमित सम्पर्क र समन्वय भइरहन्छ । शुरुदेखि नै मैले तिनै तहका सरकारहरु समन्वयात्मक ढङ्गले अगाडी बढ्न सकेन भने विकास हुन सक्दैन भनेर । पालिकामा नै बैठक बसालेर प्रदेश र संघका मन्त्रीहरुलाई बोलाएर यी यी समस्या छन् । समाधानमा सहयोग गर्नुपर्यो भनेर भनिरहेको छु ।
युवालाई गाउँमै रोजगारी दिन के योजना बनाउनु भएको छ ?
हामीले युवाहरुलाई फलफुल खेती र औद्योगिक ग्रामको रुपमा अगाडी बढाएर रोजगारी सिर्जना गर्नेगरी कार्यक्रम गरिरहेका छौं । एउटा टोल एउटा उद्योगको अवधारणा लिएर हामी अगाडी बढीरहेका छौं । अघि मैले भनेनी एक कृषक, एकसय बिरुवा भनेर पनि कार्यक्रम बनाएका छौं । एकातिर वातावरण हराभरा हुन्छ भने अर्कोतर्फ कृषक व्यवसायिक बन्छ । अहिले

पनि एउटा अल्लो उद्योग छ । त्यसलाई स्तरोन्नती गरेर युवाहरुलाई त्यहाँ लगाउने । केही समयमभित्रै सावुन उत्पादन गर्नेगरी काम गरिरहेका छांै । त्यहाँ पनि युवाहरुलाई रोजगारी दिने तयारी गरेका छौं । बाख्रा पाल्ने र भैसी पाल्ने व्यक्तीलाई प्रोत्साहनको कार्यक्रम पनि छ । हाम्रो कार्यकाल सकिने बेलासम्म हामी प्रत्येक व्यक्तीलाई स्वरोजगार बनाउन चाहान्छौ ।

तपाईको प्रतिक्रिया