व्यूँतिए एमाले र माओवादी केन्द्र

काठमाडौं, २४ फागुन ।

सर्वोच्च अदालतले दुई खेमामा बाडिएको हालको सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को अस्तित्व रहन नसक्ने भन्दै त्यसअघिका नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को अस्तित्व कायम रहने भनी फैसला गरेको छ । राजनीतिक विषयवस्तुमा प्रवेश गरी अदालतले गरेको  यो फैसलासँग हाल   

सत्ताबाहिर रहेका एमाले पृष्ठभूमिका नेकपाका नेताहरु एमालेका सांसदको रुपमा रहनेछन् भने हाल सत्तारुढ खेमामा रहेका माओवादी केन्द्रका सांसदहरु माओवादी केन्द्रको सांसदको रुपमा रहनेछन् । सर्वोच्च अदालतको यो फैसलाले हालको राजनीतिक परिस्थितिलाई थप जटिल बनाएको छ । सर्वोच्चले दुई दल मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नाम दर्ता गर्ने निर्णय बदर

भएपछि निर्वाचन आयोगमा नेकपा एमाले र माओवादी केन्द्र भनी फरक फरक रुपमा रहेका दलहरुको अस्तित्व ब्युँझिएको भन्दै एकीकरण गर्ने भए यथाशीघ्र निर्णय गर्नु भनी आदेश गरेको हो ।
एमालेलाई सरकार टिकाउन १७ सांसद आवश्यक
सर्वोच्च अदालतको फैसलासँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को वैधता समाप्त भएको छ । अब नेकपाको बहुमतको सरकारको स्टाटसमाथि पनि प्रश्न उठेको छ । नेकपा कानुनीरूपमा विभाजित नभएसम्म प्रचण्ड–माधव पक्षले दाबी गरेपनि केपी ओली नै बहुमतप्राप्त संसदीय दलको नेता थिए । अब नेकपा एमाले र माओवादी

केन्द्र ब्युँतिएसँगै ओली नेतृत्वको सरकार एकल बहुमतको नभई संयुक्त सरकारमा परिणत हुनेछ । प्रचण्ड नेतृत्वको माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लियो भने केपी ओली नेतृत्वको सरकार अल्पमतमा पर्नेछ । २७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ सांसद चाहिन्छ । अहिले कांग्रेसका २ जना र

जसपाका १ जना सांसद निलम्बित अवस्थामा छन् । प्रतिनिधिसभामा साबिक एमालेको १२१ सिट छ । उसलाई बहुमतका लागि बढीमा १७ जना सांसद चाहिन्छ । माओवादीले समर्थन नगरेमा ओलीले कांग्रेस वा जसपाको साथ लिनुपर्नेछ । जसपा विभाजनको चर्चा चलिरहेका बेला नेकपाको विवादमा अदालतले गरेको फैसला

आफैंमा महत्वपूर्ण छ । प्रतिनिधिसभामा अब १२१ सिट सहित एमाले सबैभन्दा ठूलो दलका रुपमा रहनेछ भने ६१ सिट सहित कांग्रेस दोस्रो र ५२ सिट सहित माओवादी केन्द्र तेस्रो दलका रुपमा रहनेछन् । जसपा ३४ सिट सहित चौथो दल हुनेछ । साना दलमध्ये राप्रपा,राष्ट्रिय जनमोर्चा, नेपाल मजदूर किसान पार्टीका एक एक जना सांसद छन् ।
फैसलाको राजनीतिक अर्थ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नाम विवादमा फैसला गर्दै सर्वोच्च अदालतले तत्कालीन नेकपा एमाले र माओवादी व्यूँताएपछि नेपाली राजनीति थप तरंगित भएको छ । प्रारम्भिक प्रतिक्रिया हेर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको समूह उत्साहित देखिएको छ भने प्रचण्ड–माधव समूहलाई अनपेक्षित फैसलाले झट्का

लागेको छ । नेताहरुका अनुसार, अबको पहिलो कदम ओली र प्रचण्ड–माधव समूहले फेरि पार्टी एकता गर्ने वा नगर्ने निर्णय गर्नुपर्ने अवस्थामा पु¥याएको छ । २३ जेठ २०७५ मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दर्ता गर्ने निर्णय खारेज गरेको सर्वोच्च अदालतले साविकको नेकपा एमाले र नेकपा माओवादी केन्द्रले एकीकरण गर्न चाहेमा राजनीतिक दलसम्बन्धी ऐन तथा नियम विपरीत नहुने गरी निर्णय गरी

आयोगमा उपस्थित हुन जानकारी दिई शीघ्र कानून बमोजिम आवश्यक निर्णय गर्नू गराउनू भनेर निर्वाचन आयोगको नाममा परमादेश जारी गरेको छ । आयोगले चाल्ने सम्भावित कदम त्यही हो । त्यस्तो अवस्थामा ओली र प्रचण्ड–माधव समूहको एकता

हुनसक्छ । केही नेताले सर्वोच्चको फैसलाले एकताको नयाँ आधार दियो पनि भनेका छन् । यसमध्येका एक परराष्ट्रमन्त्री एवं ओली समूहका नेता प्रदीप ज्ञवाली भन्छन्, ‘सर्वोच्चको आजको फैसलाले पार्टीहरुलाई एकीकरण पूर्वको अवस्थामा

पु¥याइदिएको छ । यसले वास्तविक अर्थमा वैज्ञानिक, वस्तुनिष्ठ र सही आधारमा पार्टी एकताको लागि ढोका खोलिदिएको छ ।’ प्रचण्ड–माधव समूहमा रहेका सांसद देव गुरुङ भने पूर्व एमाले र पूर्व माओवादी केन्द्रलाई व्युँताई यथास्थानमा गयो भन्न नमिल्ने तर्क गर्छन् । नाम परिवर्तन हुँदैमा एकीकरणका सबै अवयव मेटिन नसक्ने भन्दै उनले

भने, ‘गलत टाइममा चाहिँ न्याय दिने काम भयो । यसले के कस्तो पार्छ, हेर्नुपर्छ ।’ यदि दुबै पक्षले एकता नगर्ने हो भने पूर्व एमाले र पूर्व माओवादी केन्द्र ब्यूँताउनेतिर जानुपर्छ । यो बाटोमा जान पहिलो त कानूनी रुपमा सहज छैन । किनकी निर्वाचन

आयोगमा सन्ध्या तिवारी अध्यक्ष रहेको नेकपा एमाले र गोपाल किराँती अध्यक्ष रहेको माओवादी केन्द्र दर्ता भइसकेको छ । यो अड्चन पार गर्ने हो भने राजनीति अर्को कोर्षमा जानेछ । त्यो भनेको प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार संविधानको धारा ७६ (१) को नभई (२) मा परिणत हुनेछ । त्यस्तो बेला माओवादी

केन्द्रले ओली नेतृत्वको सरकारमा बस्ने वा समर्थन फिर्ता लिने निर्णय गर्नुपर्ने हुन्छ । यदि समर्थन फिर्ता लिएमा प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिनुपर्छ र, सरकार टिकाउन कांग्रेस वा जनता समाजवादी पार्टी (जसपा) का साथ लिनुपर्ने हुन्छ । किनकी साबिकको एमालेसँग १२१ सांसद छन । र, सरकार गठनका लागि बहुमत अर्थात १३८ चाहिन्छ । यदि कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी

मिलेको अवस्थामा पनि गठबन्धन सरकार बन्न सक्छ । संसदमा कांग्रेसको ६३, माओवादी केन्द्रको ५३ र जसपाका ३१ सांसद छन् । गठबन्धन सरकार नबनेको अवस्थामा संविधानको धारा ७६ (३) अनुसार संसदको सबैभन्दा ठूलो दलका

हैसियतमा एमालेले नै सरकार गठन गर्ने अवसर पाउँछ । ठूलो दलको हैसियतमा अल्पमतको सरकार बनाए उसले ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्छ ।

विश्वासको मत पाए सरकार टिक्छ, नभए ढल्छ ।

धारा ७६(३) को सरकार विश्वासको मत लिन असफल भएको अवस्थामा संसदको कुनै सदस्यले विश्वासको मत लिनसक्ने आधार प्रस्तुत गरे राष्ट्रपतिले धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्त गर्नसक्छ । यसरी नियुक्त भएका प्रधानमन्त्रीले पनि ३०

दिनभित्र विश्वासको मत लिनुपर्छ । पछिल्लो राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालिरहेका एक राजनीतिक विश्लेषक भन्छन्, ‘सर्वोच्च अदालतको फैसला अनुसार एमाले र माओवादी व्यूँतिने हो भने कि त कांग्रेसले कुनै एउटा पक्षसँग

गठबन्धन गरेर सरकार बनाउनुपर्छ । नभए देश चुनावमा जाने भयो ।’ निर्वाचनमा जाने अवस्था आएमा आगामी मंसिरदेखि वैशाखसम्म चुनाव हुनसक्ने उनको दाबी छ ।

तपाईको प्रतिक्रिया