‘हामीले पढ्दै स्कुलको भवन पनि बनायौं’

सरकारी जागिर कुनैबेला उच्च सम्मानित पेशा थियो । सरकारी जागिरेलाई सम्मानित नजरले हेरिन्थ्यो । अहिले पनि निजामतिप्रतिको सम्मान नभएको भने होइन । तर पहिलेको जस्तो सम्मान र आकर्षण अहिले छैन । निजामति सेवालाई धमिल्याउन गरिने गलत पर्यासका कारण कर्मचारीको मान, मर्यादा घट्दो छ । बढ्दो बेरोजगार र स्थायित्वका कारण निजामतिप्रतिको आकर्षण घट्दो देखिदैन । समुदायको यही

आकर्षणले लोभ्यायो नन्दबहादुर विसीलाई पनि । साथीको बुवाको अफिसमा जाँदा सेवाग्राहीलाई गरेको सम्मान र कर्मचारीलाई गाउँलेले गर्ने सम्मानकै कारण नन्दले निजामति सेवा रोजे । प्रस्तुत छ, उनै नन्दको निजामति क्षेत्रको अनुभव र जीवन भोगाइमा केन्द्रिर रहेर गरिएको कुराकानीको सम्पादित अंश
पढ्ने उमेरमा मेलापात ५÷६ वर्षको उमेर स्कुल जाने समय हो । बाल्यकाल कखरा सिक्ने समय हो । तर नन्दबहादुर विसीले यो उमेरमा मेलापात गर्नुप¥यो । ११ वर्षको उमेरसम्म मेलापात गरेर । २०१९ साल चैत्र २९ गते स्वर्गिय वुवा रतिमान र आमा सेतुदेवी बुढाबाट उनको जन्म भएको हो । दैलेखको गुराँस गाउँपालिका–६ जोरेबाँझमा जन्मिएका उनी हाल वीरेन्द्रनगर–१० दिपनगरका स्थायी वासिन्दा वासिन्दा

हुन् । गाउँमा जन्मिएका कारण पढ्ने उमेरमा मेलापात गर्नु परेको हो । ‘किसान परिवारको दैनिकी मेलापातमै वित्छ, सानोमा मैले पनि त्यसै गरे’ बाल्यकाल सम्झदै उनी भन्छन्, ‘विहान घाँस दाउरा, दिउँसो गोठालो जानुपथ्र्याे ।’ भाग्यवस उनी ११ बर्षको हुँदा गाउँमा स्कुल खुल्यो । २०३० सालमा स्थापना भएको जयजनता

माध्यमिक विद्यालय जोरेबाँझ विद्यालयका उनी संस्थापक विद्यार्थी हुन् । उनले बाह्रखरीहुँदै कक्षा ७ सम्मको पढाइ जोरेबाँझबाट पुरा गरे । कक्षा ८ देखि एसएलसीसम्म वीरेन्द्रनगरको जननमुना माध्यमिक विद्यालयमा अध्ययन गरे । तत्कालीन वीरेन्द्रनगर बहुमुखी क्याम्पसबाट इन्टर र सुर्खेत क्याम्पस शिक्षाबाट

स्नातक तहसम्मको अध्ययन गरेका छन् । गाउँमै स्कुल खुलेकै कारण पढ्ने अवसर पाएको उनको तर्क छ । ‘न पढ्नुपर्छ भन्ने ज्ञान थियो, न त गाउँमा स्कुलहरु थिए’ उनी भन्छन्, ‘सायद गाउँमा स्कूल नखुलेको पाए पढ्ने अवसर नै मिल्ने थिएन ।’

विद्यालय बनाउँदै, पढ्दै

२०३० सालमा जोरेबाँझमा स्कुल खुल्यो । विद्यालय टिकाउन भए पनि १०÷१२ उमेरका बालबालिका पनि पढ्नैपर्ने नियम लगाइयो । उनले पनि त्यही अवसरको सदुपयोग गरे । भवन नभएका कारण पिपलको छहारीमुनी बसेर पठनपाठन सुरु भयो । एकवर्ष पिपलको चौतारीमा बसेर पढे । ‘विद्यालयको भवन नहुँदा पिपलको

छहारीमा बसेर पढ्यौं’ उनी भन्छन्, ‘हामीले त विद्यालय बनाउँदै पढ्दै गरेका हौँ ।’ बढी उमेरका बालबालिका भएका कारण पढ्नेभन्दा धेरै समय विद्यालयको भवन बनाउनमा खर्चिए । ‘सरहरुले काठ बोकाउने उद्देश्यले बनभोज खान जंलग लैजानु

हुन्थ्यो’ उनी भन्छन्, ‘वनभोजबाट फर्कदा काठ र ढुङ्गा बोकेर ल्याउनु पथ्र्याै ।’ सुरुसुरुमा पढ्नेभन्दा धेरै विद्यालयको भवन निर्माणमा खर्चिएको उनको भनाइ छ ।

लखनउ गएर चलचित्र हेर्थे

युवावस्थामा प्राय सबै व्यक्ति रमाउन चाहन्छन् । साथीभाइसँग नयाँ–नयाँ ठाउँमा घुम्न मन पराउँछ । हिजोआज त नयाँ ठाउँ घुम्ने लहर नै चलेको छ । नन्द पनि युवावस्थामा नयाँ ठाउँ घुम्न खुब रुचाउँथे । कहिलेकाँही त घुम्न र फ्लिम हेर्न नेपालगञ्जबाट

खलनउसम्म पुग्थे । ‘हामी त लखनउ गएर फ्लिम हेथ्र्याै’ नेपालगञ्ज बस्दाका क्षणहरु सम्झदै उनी भन्छन्, ‘विदा र फुर्सद भएको कि नेपालगञ्ज बस्नै मन लाग्थेन ।’ जम्मा दुइसय १५ रुपैयाँ मासिक तलव बुझ्दा पनि उ बेला घुम्न र दैनिक आवश्यकताहरु सजिलै पुरा हुन्थे । ‘अहिलेको जस्तो महंगी थिएन’ उनी भन्छन्, ‘दुइसय रुपैयाँ तलवले सबै आवश्यकताहरु पुरा हुन्थे ।’

पहिले मुखिया, अहिले हाकिम

निजामति कर्मचारी पेशा अहिले पनि समाजमा सम्मानित पेशा हो । २०३८÷०३९ सालतिर कर्मचारीप्रतिको सम्मान अझै धेरै थियो । गाउँ समाजले कर्मचारीप्रति गर्ने उच्च सम्मानकै कारण नन्द निजामति सेवामा प्रवेश गरेको बताउँछन् । ‘ऊबेला पनि

गाउँघरमा कर्मचारीप्रति उच्च सम्मान थियो’ उनी भन्छन्, ‘यही सम्मानका कारण निजामति क्षेत्रमा आएँ ।’ कक्षा ८ मा पढ्दा उनका साथीको बुवा सुर्खेतका सिडिओ थिए । कहिलेकाँही साथीसँगै जिल्ला प्रशासन कार्यालय जान्थे । त्यहीबेला उनलाई म पनि यस्तै कर्मचारी बन्नपर्छ भन्ने लागेको थियो । गाउँमा पनि दुईजना व्यक्तिहरु पनि

सरकारी जागिरे थिए । उनीहरुलाई समुदायले गर्ने सम्मानबाट नन्द प्रभावित थिए । सानैदेखि उनलाई म पनि कर्मचारी बन्नुपर्छ भन्ने लागेको थियो । परिणामतः यही झुकावले २०३९ साल बैशाख १४ गतेदेखि निजामति क्षेत्रमा प्रवेश गर्ने मौका पाए । उनी तत्कालीन क्षेत्रिय शिक्षा कार्यालय नेपालगञ्जमा मुखिया पदबाट निजामति क्षेत्रमा

आएका हुन् । निजामित क्षेत्रमा ३८ वर्षसम्म समय विताइ सकेका उनले बाँके, बर्दिया, जाजरकोट, काठमाडौँ, ललितपुर, मकवानपुर र सुर्खेतलाई कर्मथलो बनाएका छन् । उनी हालः कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा

पर्यटन विकास शाखामा प्रमुखको रुपमा कार्यरत छन् । मुखिया हुँदै हाकिमसम्म आइपुग्नुको मुख्य कारण पेशाप्रतिको इमान्दारिता र निरन्तरको मेहनतले भएकोउनको भनाइ छ । अवकाशपछि सहकारी गुणस्तरिय शिक्षा र अभियान अभियानमा जोडिएर समाज सेवामा रमाउने उनको योजना छ ।

झण्डै जागिर गएन...

२०४७÷०४८ नेपालमा निजामति कर्मचारीले देशभर आन्दोनल थाले । निजामित कर्मचारी अस्पताल, निजामति विद्यालय, कर्मचारीलाई अध्ययनमा छात्रवृत्ति लगायतका ४२ बुँदे पेशागत मागहरु राखेर आन्दोलनमा उत्र्रिए । नेपाल निजामति

कर्मचारी संगठन सुर्खेतका संस्थापक अध्यक्षसमेत रहेका उनले सुर्खेतमा आन्दोलनको नेतृत्व गरे । सुर्खेतबाट झण्डै दुई हजार कर्मचारीहरु आन्दोलनमा उत्र्रिए । आन्दोलन असफल पार्न सरकारले कर्मचारीलाई जेल हाल्नेदेखि निलम्बन ग¥यो । नन्द पनि पटक– पटक पक्राउ र निलम्बनमा परे । ‘आन्दोलन गरेकै कारण

सरकारले निलम्बन गरको थियो’ उनी भन्छन्, ‘गैसकेको जागिर जोगियो ।’ तत्कालनी सरकारले आन्दोलन गर्ने अधिकांश कर्मचारीलाई निलम्बन गरेको थियो । काठमाडौँको निजामति कर्मचारी अस्पताल त्यही आन्दोलनको उपलब्धि हो ।

तपाईको प्रतिक्रिया