कोरोना खोप अभियान बारे अभिमुखिकरण

दैलेख, १८ फागुन ।
दैलेख क्षेत्र नं. १ का साँसद रबिन्द्रराज शर्माले दैलेखमा सबैको सहयोगमा भएका प्रयासले कोरोना रोकथाममा सघाऊ पुगेको बताएका छन् । कोभिड रोकथामका लागि खोप अभियान बारे जिल्ला स्तरीय अभिमुखीकरणमा बोल्दै साँसद शर्माले खोपको उचित प्रयोगबाट सरकारले कोरोना रोकथामका लागि प्रयत्न गरेको चर्चा गरे ।


त्यसबखत कर्णाली प्रदेशसभाका सदस्य अम्मरबहादुर थापाले स्थानीय तहका जनप्रतिनिधिहरुको अथक प्रयासले कोरोना रोकथाम र भारतबाट आएका नागरिकहरुको सुरक्षा व्यवस्थापनमा गरेका कामको प्रशंसा गरे । जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर थापाको अध्यक्षतामा भएको अभिमुखीकरण कार्यक्रममा नारायण नगरपालिकाका उपमेयर सावित्री मल्ल, दैलेखका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनार र स्वास्थ्य सेवा कार्यालयका निमित्त कार्यालय प्रमुख थीरप्रसाद रेग्मीले कोभिड भ्याक्सिनको काम अभियानको महत्व बारे प्रकाश पारेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार