पाठेघर खस्ने समस्या बारे

दैलेख, १८ फागुन ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्राविधिक सहयोग महिलाको पाठेघर खस्ने समस्या सम्वन्धी ९ दिने निःशुल्क शिविर आजदेखि दैलेखमा सुरु भएको छ । स्त्रीरोग बिशेषज्ञ डा. राजीव शाहको नेतृत्वमा आएको चिकित्सकहरुको टोलीले फागुन २५ गतेसम्म शिविर सञ्चालन गर्ने स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख थीरप्रसाद रेग्मीले जानकारी दिए । पाठेघर खस्ने समस्या उपचार गर्न आउने महिलाले नागरिकता वा आफ्नो पालिकाको सम्वन्धित वडाको सिफारिस लिई आएमा यातायात खर्च समेत व्यहोर्ने बताइएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार