बनगाड कुपिण्डेको हिउँदे अधिवेशन तथा आठौं नगर सभा

दुर्गा विसी
सल्यान, १७ फागुन ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको आठौं नगर सभा सम्पन्न भएको छ । निति तथा कार्यक्रममाथी छलफल गर्दै केही योजनाहरु समेत संशोधित भएको जनाएको थियोे । नगर सभा सञ्चालनका लागि केही दिन अघिदेखि सहमति प्रयास गरे पनि सफल हुने सकेको थिएन ।

कार्यपालिका सदस्य विचमा केही कुरा नमिल्दा निर्धारित समयमै बस्न नसकेको सभा अबेर वेलुकी ७ वजे सुरु भएको थियोे । तर पनि सभाले महत्वपूर्ण निर्णय माथि छलफल गर्दै सभा सम्पन्न भएको छ । नगरपालिका भित्रका केही योजनाहरु थपघट र संसोधन गरिएको छ ।

नगर सभा बोल्दै नगर प्रमुख गोविन्द कुमार पुनले पुनः पुरानै रोग बल्झिएकोमा दुख व्यक्त गर्नुभएको छ । व्यक्तिगत स्वार्थमा जनप्रतिनिधि अल्झनु भनेको दुर्भाग्य भएको उहाँको भनाई थियोे । सभामा प्रमुख प्रशासकिय अधिकृत चक्रवहादुर रावतले सभाका एजेण्डा पेश गर्नुभएको थियोे । निर्णयार्थ उक्त एजेण्डाहरु सभाले पास समेत गरेको छ ।

सभामा उपप्रमुख मञ्जु यरी, सभा सदस्य, शाखा प्रमुख र कर्मचारीहरुको उपस्थिति रहेको थियोे । सभाको सञ्चालन रोजगार संयोजक भिम पुनले गर्नु भएको थियोे ।

तपाईको प्रतिक्रिया