सडक कालोपत्रे हुँदै

सुर्खेत, १७ फागुन

आइतबारदेखि वीरेन्द्रनगरका सडकहरुमा कालोपत्रे हुन थालेका छन् । प्रदेश सरकारले ड्रिम प्रोजेक्ट अन्तरगतका सडकहरु कालोपत्रे हुन थालेका हुन् । कालोपत्रेका लागि तापक्रम नपुगेका कारण निर्माण थालिएको लामो समयसम्म सडहरु कालोपत्रे हुन सकेका थिएनन् । प्रदेश राजधानी शहरी सडक प्याकेज 

आयोजना अन्तरगतका विभिन्न ६ वटा आयोजनामा पर्ने सडक खण्ड कालोपत्रे गर्न थालिएको हो । यो आयोजना अन्तरगत मुख्यमन्त्री निवास अगाडिको सडक, गुरुङचौकमाथिदेखि डीआइजी चौक, प्रदेशसभा अगाडिको सडक, आँखा अस्पतालदेखि नेपाल टेलिकमसम्म, शिवालयचौकदेखि आन्तरिक मामिला

मन्त्रालयको सडकका सडकहरु कालोपत्रे हुन थालेका छन् । यि सबै सडक कालोपत्रे गर्न श्याम एण्ड शंकर कन्स्ष्ट्रक्सन प्रालिले सात करोड २९ लाखमामा ठेक्का लिएको छ । आगामी असारे १५ गतेभित्र सबै सडकहरु कालोपत्रे भइसक्ने पूर्वाधार विकास निर्देशनालयका प्रमुख बासुदेव पौड्यालले जानकारी दिएका छन ।

तपाईको प्रतिक्रिया