आन्दोलनमा प्रहरी हस्तक्षेप

सुर्खेत, १७ फागुन ।

वादी समुदायका नागरिकले थालेको आन्दोलनमा प्रहरी हस्तक्षेप भएको छ । एक हप्तादेखि आन्दोलनरत वादी समुदायका नागरिकमाथि आइतबार विहान प्रहरीले हस्तक्षेप गरेको हो । वादीसमुदायका नागरिकहरु मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयभित्र प्रवेश गर्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको हो । मुख्यमन्त्री तथा 

मन्त्रीपरिषद्को कार्यालय अगाडिको खुला चौरमा धर्ना दिँदै आएका उनीहरु आइतबार जबर जस्ती मुख्यमन्त्री कार्यालयमा प्रवेश गर्न थालेका थिए । नारावाजी गर्दै मुख्यमन्त्री कार्यालयभित्र प्रवेश गर्न खोजेपछि प्रहरीले लाठी चार्ज गरेको हो । केही दिनअघि मुख्यमन्त्री महेन्द्रबहादुर शाही र वादी समुदायका अगुवाबीच भएको

वार्तामा प्रदेश सरकारले खेतीयोग्य जमिन उपलब्ध गराउन नसक्ने जनाएको थियो । सरकारले जग्गा उपलब्ध गराउन नसक्ने बताएपछि वादी अगुवाहरुले आन्दोलन चर्काउने बताएका थिए । वादी समुदायका नागरिकले खेतियोग्य जमिन नपाएसम्म धर्ना नरोक्ने अडान लिदै आएका छन् ।

तपाईको प्रतिक्रिया