पदमार्ग निर्माणमा थप बजेट

कालिकोट, १७ फागुन ।

एसियाकै अग्लो मानिएको कालीकोटको पचाल झरनाको पदमार्ग निर्माणका लागि १ करोड ५० लाख रुपैयाँ बजेट आउने भएको छ । नेपालको १ सयमध्ये ६४औँ गन्तव्यमा सूचीकृत पचाल झरना संरक्षण र सम्वद्र्धनका लागि सरकारले उक्त बजेट विनियोजन गरेको हो । खाँडाचक्रको चुलीमालिका मन्दिर, शान्नि त्रिवेणीको त्रिवेणी 

नैनीकाध, जिउली, धर्मशाला निर्माणका लागि २ करोड, पचाल झरना पदमार्ग निर्माणमा १ करोड ५० लाख गरी जम्मा ३ करोड ५० लाख रुपैयाँ पर्यटन प्रवद्र्धनमा आएको हो । यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहयोगमा २०७५÷७६ मा ५० लाख रुपैयाँ बजेट आएको थियो । गाउँपालिकाको बजेटले छहरा

संरक्षणका लागि १ किलोमिटर पदमार्ग निर्माण भइसकेको छ । अबको बजेटले बाँकी रहेको पदमार्ग निर्माण गरी प्रतीक्षालय बनाउने योजना रहेको पचाल झरना गाउँपालिका अध्यक्ष खड्कराज सेजुवालले जानकारी दिए । उनका अनुसार पचाल झरना संरक्षण, प्रचार– प्रसार गर्न लाखौँ रकम खर्च गरिसकेका छौँ । अब यसको

निर्माण हुनेछ । गाउँपालिकाको लाफादेखि खार्दुको चौथासम्म सडक पुगिसकेको छ । पचाल झरनाको पदमार्गसम्म ५ किलोमिटरजति सडक निर्माण हुन मात्र बाँकी छ । कडा चट्टान नभइदिएको भए अहिलेसम्म छहरासम्म सडक पुगिसक्ने उनको भनाइ छ । आउँदो वर्ष सडक छहरासम्म पु¥याउने र पदमार्ग निर्माण सम्पन्न गरेर देशको

जुनसुकै क्षेत्रबाट पचाल झरनाको फेदीसम्म पर्यटक पुग्न सक्ने गरी तयारी थालेको अध्यक्ष सेजुवालले बताए । उनले भने, ‘झरना हेर्न आउने पर्यटकका लागि गत वर्ष नै

अर्गानिक होमस्टेसमेत निर्माण गरिसकेका छौँ ।’ पचाल झरना एसियाकै अग्लो रहेको गाउँपालिकाको दाबी छ । स्थानीय तह बनेसँगै पचाल झरनाको गाउँपालिकाको पहलमा नाप लिइएको हो । त्यस क्रममा पचाल झरना नेपालकै सबैभन्दा अग्लो भएको दाबी गरिँदै आएको हो । स्थानीय तहले नापिसकेपछि पचाल झरनाको

वास्तविक उचाइ ३८१ मिटर रहेको पाइएको गाउँपालिकाले जनाएको छ । २ वटा जिपिएसको सहायताबाट ५ र ६ साउनमा नाप लिइएको थियो । ‘हामीले २ दिन लगाएर यसको नाप लिएका हौँ,’ अध्यक्ष सेजुवालले भने, ‘२ वटा जिपिएसको सहयोगले ३ जना प्राविधिकले २ दिनमा यसको नाम लिँदा ३ सय ८१ मिटर पाइयो ।’ यसअघि नेपालको सबैभन्दा अग्लो मानिएको तेह्रथुमको ह्यात्रुङ झरना ३ सय ६५ मिटर मात्र छ ।

तपाईको प्रतिक्रिया