सुर्खेत, १६फागुन ।
मिडिया एक्सन नेपालको कर्णाली प्रदेश संयोजकमा पत्रकार ललितबहादुर बुढा चयन भएका छन् । शनिबार काठमाडौँमा सम्पन्न संस्थाको दोस्रो राष्ट्रिय अधिवेशनले बुढालाई कर्णाली प्रदेश संयोजकमा चयन गरेको हो । सुर्खेतमा क्रियाशिल पत्रकार बुढा अन्नपूर्ण राष्ट्रिय दै निकको कर्णाली व्यूरो प्रमुखसमे त हुन् ।
अधिवेशनले बुढासँगै प्रदे श १ मा नरेन्द्र ढकाल, प्रदेश २ मा हदिस खुद्दार, बाग्मतीमा मधुसुदन दवाडी, गण्डकीमा सुनिता आचार्य, लुम्बिनीमा सन्जु पौडेल र सुदूर पश्चिममा उमाकान्त जोशीलाई संयो जक चयन गरेको छ । त्यस्तै अधिवेशनले केन्द्रीय अध्यक्ष
लक्षणदत्त पन्त, उपाध्यक्षमा प्रियंका झा, सचिवमा आरती शिल्पकार र कोषाध्यक्षमा दीपा केसी चयन भएका छन् । मिडिया एक्सन लामो समयदेखि अभिव्यक्ति स्वतन्त्रता, मिडिया विकास, सूचना तथा संचार क्षेत्रमा क्रियाशिल स्वतन्त्र संस्था हो ।
युग संवाददाता । । १६ फाल्गुन २०७७, आईतवार ०७:०३