दुव्र्यवहार ममाथि भएको हो ः पल शाह

१५ फागुन,

नायक पल शाहले चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण प्रधानले आफूमाथि दुव्र्यवहार गरेको बताएका छन् । अरुणले पलविरुद्ध इलाका प्रहरी कार्यलय धरानमा उजुरी दिएको खबर सार्वजनिक भएसँगै कुरा गर्दै पलले भने–‘हामी म्यूजिक भिडियो छायांकनका लागि धरानमा छौं । खाना खाने क्रममा अरुणजीले मलाई र मेरा सहयोगी कृष्णप्रसाद जोशीलाई दुव्र्यवहार गर्नुभयो ।’ 

पलले अगाडि भने–‘एउटा कार्यक्रमका लागि अरुणजीले मलाई जानुपर्छ भनेपछि मैले मेरो म्यानेजर कृष्ण जोशीसँग कुरा गर्न भनेको थिएँ । यसपछि अरुणजीले मलाई ए यो भाई ठूलो भएको, म यसको नाम हटाइदिन्छु भन्दै औला नै ठड्याएर कुरा गर्नुभयो । कृष्णले अरुणजीलाई तपाइले बोल्ने तरिका यही नै हो, हामी त गेष्ट हौं भनेका थिए ।

मलाई अरुणजीले उल्टै औंला देखाएर पिट्न खोज्नुभयो ।’ सोही समयमा कृष्ण र अरुणविच धकेलाधकेल पनि भएको पलले बताए । पलले भने–‘सामान्य विवाद भएपछि हामी अर्को टेबलमा खाना खान गयौं । होटलका वेटरहरुले मेरो धरानको बेष्ट

फ्रेन्डलाई फोन गर्नुभएछ । यसपछि २–३ जना साथीहरु आउनुभयो । उहाँहरुले के भयो भनेर सोध्नुभयो, अनी हामी त्यहाँबाट निस्कियौं । भएको यत्ती मात्र हो ।’ पलले

कुनै पनि कार्यक्रममा जाने वा नजाने कलाकारको आफ्नो निर्णयको कुरा भएको भन्दै हरेक व्यक्तिलाई सम्मान गर्न आवश्यक रहेको बताए । उनले भने ‘हामी त धरानमा आफ्नो कामका लागि आएका थियौं । अरुणजीले आयोजना गरेको अन्तरक्रिया

कार्यक्रममा जाने वा नजाने मेरो व्यक्तिगत कुरा हो । तर, मैले म्यानेजरसँग कुरा गर्नुहोस् भन्दा उल्टै ठूलो भएको, घमण्डीपना देखाएको भन्दै दुव्र्यवहार गर्न खोजियो ।’

तपाईको प्रतिक्रिया