कर्णालीमा २७ हजारले लगाए कोरोनाविरुद्धको खोप

सुर्खेत, १४फागुन ।

कर्णाली प्रदेशमा झण्डै २७ हजारले कोरोनाविरुद्धको खोप लगाएका छन् । पहिलो चरणको खोप अभियान अन्तरगत कर्णालीभर कुल २६ हजार नौसय ९० जनाले खोप लगाएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । जसमध्ये सुर्खेतमा सबैभन्दा बढी अर्थात सातहजार चारसय ७५ जनाले खोप लगाएका छन् । 

तथ्याङ्क अनुसार दैलेखका तीन हजार एकसय ८४ जना; जाजरकोटका दुइहजार १४ जना; सल्यान दुई हजार पाँचसय ४१ जना र रुकुम पश्चिमका दुई हजार ६ सय ११ जना छन् । त्यस्तै जुम्लाका दुइ हजार तीनसय ८४ जना; कालिकोटका दुई हजार

पाँचसय ६३ जना, हुम्लाका एक हजार ६ सय ५८ जना, मुगुका एकहजार चारसय ७८ जना र डोल्पाका एक हजार ८२ जनाले खोप लगाएको मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जनाए । कर्णालीमा हालसम्म कुल सात हजार पाँचसय ६१

जनालाई कोरोना संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा संक्रमितको संख्या शुन्य छ । कर्णालीका दश जिल्लामध्ये सुर्खेत र जुम्लाबाहेक अन्य जिल्लाहरु संक्रमण मुक्त भइसकेका छन् ।

तपाईको प्रतिक्रिया