एन्फाको बाल खेलाडी छनौंट हुँदै

सुर्खेत, १३ फागुन ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यक्रम अनुसार सञ्चालित ग्रासरुट फुटबल प्रशिक्षणमा रहेका बाल खेलाडीहरुको छनौट यहि फागुन १८ र १९ गते वीरेन्द्रनगरमा हुने भएको छ । हाल एन्फामा आवद्ध सुर्खेत र जुम्ला जिल्ला फुटबल संघअन्तर्गत सञ्चालित ग्रासरुट फुटबल प्रशिक्षणमा रहेका १३ वर्ष मुनीका बाल खेलाडीहरुको छनौट सुर्खेतमा हुने भएको हो ।

प्रदेशस्तरीय छनौटका लागि जिल्लास्तरमा भएको प्रारम्भीक चरणको छनौटबाट सुर्खेतका २६ जना खेलाडीहरु दोश्रो चरणको छनौटमा पर्न सफल भएका छन् । एन्फाबाटै आउने प्रशिक्षक तथा प्राविधिकहरुको टिमले २६ मध्येबाट राष्टिय स्तरको छनौटका लागि खेलाडी छनौट गर्ने कर्णाली प्रदेश फुटबल संघका महासचिव गणेशकुमार कार्कीले जानकारी दिनुभयो ।

आधारभूत तहदेखि नै फुटबलको विकास गर्न सानै उमेरदेखि फुटबल प्रशिक्षण दिई युवा उमेर समूहको टीम बनाउने उद्देश्यले सुर्खेत र जुम्लाका खेलाडीको छनौट सुर्खेतको वीरेन्द्रनगरमा गर्न लागिएको उहाँले बताउनुभयो । सुर्खेतमा फागुन १८ र १९ स्थानीय रंगशालामा खेलाडी छनौट चरण सञ्चालन हुने छनौटमा आउने खेलाडीले आपूm २०६५ पुष १५ देखि २०६६ पुष १४ को बीचमा जन्मिएको जन्मदर्ताको प्रमाण पेश गर्नुपर्नेछ ।

जिल्ला तह र प्रादेशिक तह हुँदै राष्टिय छनौट पार गर्ने खेलाडीलाई एन्फाले आप्mना टेक्निकल सेन्टरमा आवासीय रुपमा राखेर पढाई लेखाइसंगै फुटबल प्रशिक्षण दिइनेछ । बालबालिकालाई ८ वर्षको उमेरदेखि नै फुटबलमा आकर्षित गर्न एन्फाको कार्यक्रम अनुसार सुर्खेत जिल्लामा पनि करिव ३ वर्षअघिदेखि ग्रास रुट फुटबल प्रशिक्षण कार्यक्रम सञ्चालनमा रहेको छ । विभिन्न विद्यालयका उमेर समूहका खेलाडीहरुबीच ग्रासरुट लिगपनि नियमित रुपमा सञ्चालन रहेको महासचिव कार्कीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया