बाफिकोटमा आँखा शिविर

प्रचण्ड खत्री
रुकुम पश्चिम, १२ फागुन ।
रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा आँखा शिविर सम्पन्न भएको छ । ३ दिनसम्म आँखा शिविर चलेको थियो । बाँफिकोट गाउँपालिकाको वडा नम्बर २ को पिपल, वडा नम्बर ६ को मग्मा, वडा नम्बर ४ को छिनखेतमा शिविर सम्पन्न भएको आयोजकले बताएको छ ।

३ दिनसम्म चलेको शिविरमा ४ सय ३२ जनाले सेवा लिएका थिए । जसमा एक सय १७ जनाको मोतिबिन्दु भेटिएको छ । मोतिबिन्दु भेटिएका सबैलाई चैत्रको ५ र ६ गते आँखा उपचार केन्द्र सल्लेमा निःशुल्क अप्रेसन गरिने आँखा उपचार केन्द्र सल्लेका कार्यालय प्रमुख धन बहादुर केसीले जानकारि दिए । जसमध्धे पुरुष २ सय २ र महिला २ सय ३० जना गरी ४ सय ३२ जनाले सेवा लिएका थिए ।

आँखा उपचार केन्द्र सल्लेको प्राबिधिक सहयोग र बाँफिकोट गाउपालिकाको आर्थिक सहयोगमा शिबिर सम्पन्न भएको छ । सबै वडा बाट उत्साहका साथ जेष्ट नागरिक सहभागी भएका थिए । शिविरमा आँखा उपचार केन्द्रका कार्यालय प्रमुख धन बहादुर केसी, नेत्र स्वास्थ्य कार्यकर्ता पहला सिंह ओली लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया