सर्वोच्चले छाड्न आदेश दिएपछि गेटबाटै पक्राउ परे बास्तोला

कालिकोट, ११ फागुन ।

नेत्रविक्रम चन्द विप्लव समूहका नेता धर्मेन्द्र वास्तोलालाई रिहा गर्न आदेश दिएको छ । लगत्तै प्रहरीले उनलाई सर्वोच्च अदालतको गेटबाटै पक्राउ गरेको छ । सोमबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै न्यायाधीश मीरा खड्का र सुष्मालता माथेमाको इजलासले बास्तोलालाई रिहा गर्न आदेश दिएको थियो । 

थुनामा राख्दा बाध्यात्मक रुपमा पालना गर्नुपर्ने कानुनी कार्यविधि पालना नगरी म्याद थप माग गर्दा र दिँदा के कुन प्रयोजनको लागि म्याद थप गरिएको हो भन्नेसम्म पनि उल्लेख नगरी केवल फरक विचार र आस्था राखेका कारण पक्राउ गरेको देखिएको

सर्वोच्चले उल्लेख गरेको छ । सर्वोच्चले वास्तोलालाई थुनामा राख्दा न्यायिक दृष्टिकोणबाट उचित नदेखिने भन्दै बन्दी प्रत्यक्षीकरण रिट जारी गरेको हो । सर्वोच्चले वास्तोलालाई विना आधार र कारण थुनामा राखेकामा यसअघि पनि बन्दी


प्रत्यक्षीकरण रिट जारी भएको र अहिलेसम्म थुनामा राखेको भन्दै असन्तुष्टि जनाएको छ । अब पनि यही विषयमा थुनामा राखे नेपालको संविधानको धारा १२८ (४) र न्याय परिषद ऐन, २०७३ को दफा १७ बमोजिम अदालतको अवहेलनामा कारबाही गर्ने

चेतावनी पनि आदेशमा दिएको छ । तर सर्वोच्चले चेतावनीपूर्ण आदेश दिए पनि सरकारले बास्तोलालाई पुनः पक्राउ गरेको छ । आदेशपछि रिहा भएर सर्वोच्च

परिसरबाट बाहिर निस्कनै लाग्दा प्रहरीले बास्तोलालाई गेटबाटै पक्राउ गरेको हो । यसअघि पनि प्रहरीले सर्वोच्चको आदेशको अवज्ञा गर्दै विप्लव समूहका नेताहरुलाई पटक पटक पक्राउ गर्दै आइरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार