म्यानमारमा आन्दोलनकारी मारिएपछि झन् ठूलो प्रदर्शन

११ फागुन,
म्यानमारमा सैन्य कू विरुद्धको आन्दोलन झन् सशक्त बनेको छ । आइतबार सहरमा दशौँ हजार नागरिकले प्रदर्शन निकालेका छन् । अघिल्लो दिनको प्रदर्शनमा सुरक्षाकर्मीको गोली लागी २ जना मारिनुका साथै ३० जना घाइते भएपछि प्रदर्शनकारीहरु स्वतस्फुर्त रुपमा सडकमा ओर्लिएका छन् ।   

राजधानी लगायत विभिन्न सहर र नगरमा सेनाविरोधी प्रदर्शन जारी छ । म्यानमारको दोस्रो ठूलो सहर मन्डलायमा शनिबारको प्रदर्शनमा २ प्रदर्शनकारी मारिएका थिए । त्यसको प्रतिवादको रुपमा आइतबार फेरि झन् विशाल प्रदर्शन उठेको हो । यससँगै

म्यानमारको सेनाको अन्तर्राष्ट्रिय रुपमा आलोचना र निन्दा हुन थालेको छ । विभिन्न देशका प्रमुखले समेत सामाजिक सञ्जालमार्फत म्यानमारको सैन्य कू को विरोध


गरेका छन् । विशेषगरी शनिबारको प्रदर्शनमा २ जना प्रदर्शनकारी मारिएपछि अन्तर्राष्ट्रिय रुपमा सेना आलोचित बनेको छ । आइतबारको प्रदर्शनमा भने म्यानमारको सबैभन्दा ठूलो सहर यंगुनमा हजारौँ युवाहरुले सेनाविरोधी नारावाजी गर्नुका प्रदर्शन गरे भने मन्डलायमा हजारौँ नागरिकले शान्तिपूर्ण ¥याली समेत गरे ।

सेनाले सत्ता छाड्नुपर्ने र नागरिकको सरकार कायम हुनुपर्ने उनीहरुको माग छ । कतिपय स्थानमा भने प्रदर्शनकारीले सुरक्षाकर्मीलाई हातमा फूल थमाउँदै सांकेतिक रुपमा विरोध जनाएका छन् । म्यानमारको सेनाले गत नोभेम्बरमा सम्पन्न निर्वाचनमा धाँधली भएको भन्दै गत फेब्रुअरी १ मा सत्ता हत्याएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार