नेत्रहिनलाई स्टेशनरी सामग्री वितरण
दुर्गा विसी
सुर्खेत, १० फागुन ।
सुर्खेतका विभिन्न क्षेत्रमा नेत्रहिन संघको पहल र समन्वयमा नेत्रहीनहरुलाई स्टेशनरी वितरण गरिएको छ । सुर्खेत नेत्रहीन संघ सिम्ता गाउँपालिका अध्यक्ष एवं नेत्रहीन युवा संघ नेपाल शाखा सुर्खेतका सचिव चेतन सुनारको पहलमा सिम्ता गाउँपालिका र भेरीगंगा नगरपालिकाका नेत्रहिनहरुलाई स्टेशनरी सहयोग गरिएको छ ।
नेत्रहीन महिला संघ नेपालमा महासचिव अनिता सिग्देलको समन्वय र ग्रामीण क्षेत्रमा शिक्षा र स्वास्थ्य नामक ट्रस्ट विशालनगर काठमाण्डौं, नेपालको आर्थिक सहयोगमा सिम्ता गाउँपालिका–६ राकमस्थित बागेश्वरी माध्यमिक विद्यालय अन्तर्गत अपाङ्गता छात्रवासमा बस्ने २१ जना शारिरीक तथा दृष्टिविहीन विद्यार्थीहरुलाई पढाइ, लेखाईमा सहज प्राप्ति होस् भनेर कापी, कलम, ब्रेल पेपर, सिलेट, स्टाइलेस सामग्री वितरण गरिएको छ ।
उक्त सामग्री वितरण विद्यालयका प्रधानाध्यापक कौशिल्यादेवी सिंह गरिएको जनाएको छ । साथै भेरीगंगा नगरपालिका–११ रामघाटस्थित शिखर माध्यमिक विद्यालयअन्तर्ग दृष्टिविहीन छात्रवासमा अध्ययनरत १२ जना छात्रहरुलाई पनि सोहि सामग्री वितरण गरिएको छ । सो कार्यक्रम विद्यालयका शिक्षक वालकृष्ण वुढा, स्रोत शिक्षक टेकबहादुर वली, शिक्षक चन्द्रमणि पोख्रेल, सोमना खड्का, संस्थाका सहजकर्ता द्वय नन्दा रिजाल, लक्ष्मी कोइरालाको उपस्थिति रहेको थियोे ।
