कृतिम बौद्धिकता र मानव अधिकारलाई एक अर्काको परिपुरक

सुर्खेत, ९ फागुन
इन्सेक कर्णाली प्रदेशले शनिवार वीरेन्द्रनगरमा आयोजना गरेको कृतिक बौद्धिकता र मानव अधिकार विषयक गोष्ठीमा कृतिम बौद्धिकता र मानव अधिकारलाई एक अर्काको परिपुरकका रुपमा लिनुपर्ने कार्यक्रमका सहभागिहरुले बताएका छन् । उक्त कार्यक्रममा सहभागिहरुले अहिलेको समयमा कृतिम बौद्धिकता अपरिहार्य रहेको बताएका हुन् ।

डिजिटल सिकाइको क्रम बढिरहेको युगमा मानिसमा रहेको सिर्जनात्मक क्षमता मेशिन भित्र प्रवेश गरिसकेकोले कृतिम बौद्घिकताको आवश्यकता निकै बढेको उनीहरुले बताएका छन् । यद्यपी, अधिकाँश मानिहरु मेशिनको भर पर्न सक्ने चिन्ता बढको छ । समयको गति, विकास र परिवर्तनसँगै बढ्दै गएको कृतिम बौद्घिकता अर्थात यान्त्रिक बौद्घिकताको सन्दर्भमा सहभागिहरुले मिश्रित धारणाहरु राखेका थिए ।


आधुनिकताको युगमा कृत्रिम बौद्धिकताका हरेक कार्यलाई प्रभावकारी ढङ्गबाट सम्पादन गर्न र मानिसहरूको सिर्जनशीलता अभिवृद्धि गर्न आवश्यक रहेको नागरिक अगुवा पिताम्बर ढकालले बताए । प्रविधिको विकाससँगै मानवीय बौद्धिकतालाई उछिन्ने गरी स्वचालित मेशिन, उपकरण, कम्प्युटर, रोवट आदिको प्रयोग हुन थालेको छ । यसले कृतिम बौद्घिकतालाई बढवा दिएको पनि उनले बताए ।

कृतिम बौद्दिकता मेशिन सिकाइमा आधारित रहेको हुन्छ । विकासको क्रमसँगै मेशिन बढी चलाख र बुद्धिमतात्मक हुँदै गएको छ । अधिवक्ता गिता कोइरालाले कृतिम बौद्धिकतालाई नजानेर प्रयोग गर्दा कतिपयलाई अफ्ठेरो भइरहेको बताइन । प्रविधिको विकास र प्रयोगगर्ने कुरामा अझै कतिपय मान्छेहरुलाई घाटा पनि भईरहेको उनको बुझाई छ । इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले यस्ता खालका कार्यक्रमहरुलाई अmभै प्रभावकारी रुपमा सञ्चालन गरिनुपर्नेमाजोड दिए । प्रत्यक्ष मानवअधिकारसँग जोडिएकाले पनि यस्ता खालका कार्यक्रमहरु नागरिक स्तर सम्म लैजानुपर्ने उनको सुझाव छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार